Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुदूरपश्चिम प्रदेशमा भूकम्पको त्रासदी, बारम्बार धक्का महशुस हुँदा स्थानीय त्रसिद्

सुदूरपश्चिम प्रदेशमा भूकम्पको त्रासदी, बारम्बार धक्का महशुस हुँदा स्थानीय त्रसिद्


काठमाडौं, डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा केही दिनदेखी गइरहेको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । पछिल्ला केही दिनदेखि भूकम्प गइरहेको यो प्रदेशमा शनिबार पनि भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका अनुसार शनिबार बझाङको पातादेवल केन्द्रविन्दु भएर गएको भूकम्प ५ दशमलब ४ म्याग्निच्युडको थियो । सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायत जिल्लाहरूमा भूकम्प महसुश गरिएको छ । भूकम्पका कारण डोटीमा केही घरहरू भत्किएको जानकारी आएपनि मानविय क्षतीको विवरण भने नआएको प्रहरीले जनाएको छ। ठूलो कम्पन भएका कारण स्थानीयहरू अहिलेसम्म पनि त्रसित छन्। सुरक्षाकर्मीहरुले घर बाहिरै सुरक्षित रहन आग्रह गरेका छन् । भूकम्पपछि पराकम्प जानेक्रम जारी रहेको र भूकम्प समेत बारम्बार गईरहेकाले सुदुरपश्चिम क्षेत्र भूकम्पिय जोखिममा रहेको भन्दै सचेत गराइएको छ ।

यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। कार्तिक २३ को भूकम्पमा परेर डोटीमा ६ जनाले ज्यान गुमाएका थिए भने केही घाइते भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6