Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालको न्यायिक क्षेत्रमा तरंग, सर्वोच्च अदालत प्रवेश पाउलान त चोलेन्द्रशम्शेर जबराले ?

नेपालको न्यायिक क्षेत्रमा तरंग, सर्वोच्च अदालत प्रवेश पाउलान त चोलेन्द्रशम्शेर जबराले ?


काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र जारी गरेसँगै नेपालको न्यायिक क्षेत्र फेरि एकपटक तरंगित भएको छ ।

महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकिएर नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार दिएको निवेदनमा बुधबार संसदका महासचिव डा. गौतमले निलम्बन फुकुवाको पत्र दिएका थिए । यो पत्रसँगै न्यायको अनुभूति भएको भन्दै जबराले आजैदेखि काममा फर्कने बताएका छन भने सर्बोच्च परिसरमा नेपाल बार एशोशिएशनले प्रवेश नदिने भन्दै धर्ना थालेको छ । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा २०७८ फागुन १ देखि निलम्बनमा थिए । आजैबाट नियमित काम काजमा फर्किने पक्षमा रहेका राणाको आगामी २७ गते उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछ ।

नेपाल बार एशोशिएशनले भने बैठक नै राखेर प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्र अबैधानिक भएको बताउनुभएको छ । यता, सर्वोच्च परिसरमा आन्दोलित बार पदाधिकारीले गृहमन्त्रीलाई फोन गरेर सर्वोच्चमा धर्ना दिन्छौं, हस्तक्षेप नहोस् भन्दै चुनौँती दिएका छन् ।

यता, विगतमै सर्वोच्च फर्किने प्रयासमा सुरक्षा घेरामा राखेर रोकेको सरकारले प्रधानन्यायाधीश राणालाई निवासबाट बाहिरिन नरोक्ने संकेत गरेको छ । ‘गो ब्याक’ को आदेश आएपछि राणाको निवासमा तैनाथ सुरक्षाकर्मी अहिले हटेका छन् । सर्वोच्च अदालत, बार एशोशिएशन क्षेत्रको सुरक्षा निगरानी भने बाक्लो पारिएको छ ।


ट्याग : #नेपाल बार एशोशिएशन, #प्रधान#न्यायाधीशचोलेन्द्रशम्शेरजबरा, #बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, #महाअभियोग प्रस्ताव, #संघीय संसदका# महासचिव डा. भरतराज गौतम
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6