Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवि लामिछानेलाई चाइयो ‘सीईओ’, आकर्षक तलबसहित विदेशबाट फर्किनेलाई अफर

रवि लामिछानेलाई चाइयो ‘सीईओ’, आकर्षक तलबसहित विदेशबाट फर्किनेलाई अफर


काठमाडौं । सांसदको शपथ लिएको भोलिपल्ट अर्थात शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट फर्कनेका लागि आफ्नो पार्टी कार्यालयमा जागिरको अवसर सार्वजनिक गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रविले चितवनस्थित कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि भ्याकेन्सी खुलाएको जानकारि गराएका हुन ।

विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण काम सम्हाल्न सक्नेलाई आकर्षक तलव तथा सुविधा दिइएन दाबी सहित सीभी (बायोडाटा) पठाउन रबीले अनुरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको यो अभियानलाई फरक शैलीको कदम भनिएको छ । सांसद निर्वाचित भएसँगै रबी चितवनका स्थानीयको समस्या टिपोट गर्दै समाधानको प्रयासमा सक्रिय छन् । धरान उपमहानगरको मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साह जस्तै आफै मैदान उत्रिएर जनताको विश्वास जित्ने काम समेत गरिरहेका छन् ।

रविले लेखेका छन्, ” यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु । कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन तरु शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो ऋख् मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।”



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6