Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त, फ्रान्स फर्काउने प्रक्रियामा नेपाल सरकार

चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त, फ्रान्स फर्काउने प्रक्रियामा नेपाल सरकार


काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना लामो कारागार जिवन बिताएर शुक्रबार थुनामुक्त भएका छन् । शुक्रबार केन्द्रीय कारागार, सुन्धाराले शोभराजलाई थुनामुक्त गरेर अध्यागमन विभागको जिम्मा लगाएको हो ।

अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । कारागार व्यवस्थापन बिभागले अब नेपाल फर्किन नपाउनेगरि केही दिनमै डिपोर्ट गर्ने तयारी गर्दैगर्दा यता, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । अदालतले समेत फैशलाका क्रममा १५ दिनभित्र स्वदे फर्काउन भनेको छ । कारागार नियमावली, २०२० को नियम २९ ९२ क० ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । बिहिबार अध्यागमनमा भएको बेड अभाव र शोभराज स्वयमले निस्किन गरेको आँनाकानीका कारण हिरासतमै बसेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6