Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा नेपाली राजदूतावासको गाडीबाटै लुटपाट, यस्तो थियो घटना !

अमेरिकामा नेपाली राजदूतावासको गाडीबाटै लुटपाट, यस्तो थियो घटना !


एजेन्सी, काठमाडौं । अमेरिकाको ह्यूस्टनमा नेपाली राजदूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकम लुटिएको छ । राजदूतावासले विज्ञप्ती जारी गर्दै १५ देखि २० डिसेम्बरसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको जानकारि गराएको हो ।

वासिङटनस्थित नेपाली राजदूतावासले घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी र कुटनीतिक सुरक्षा महाशाखालगायत निकायहरूमा उजुरी गरिसकेको र लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिने प्रयास जारी रहेको जानकारि दिएको छ । लुटिएको रकम फिर्ताका लागि सार्वजनिक रूपमा सहयोगका लागि अनुरोध गरेको दूतावासले आफ्ना कर्मचारीहरु २२ डिसेम्बरमा ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएको जनाएको छ ।

दूतावासले आफ्ना कर्मचारी र लुटिएको रकमबारे भने केही खुलाएको छैन । ‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ,’ दूतावासले भनेको छ, ‘सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथासक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ ।’ विज्ञप्तीमा भनिएको छ ।

दूतावासले कन्सुलर सेवा शिविरहरूबाट सेवा प्राप्त गर्ने सबै नेपाली सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ सम्भव भएसम्म रद्द गर्नको लागि समेत आग्रह गरेको छ । घटना बारे प्रहरी र सुरक्षा निकायले अनुसन्धान गरिरहेको समेत जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6