Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटिम प्रचण्ड : नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीले लिए सपथ

टिम प्रचण्ड : नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीले लिए सपथ


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन उपप्रधानमन्त्री र ४ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतल निवासमा सोमबार नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले सपथ लिएका हुन्।

पहिलो चरणमा माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछाने, जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले सपथ लिएका छन्। त्यस्तै एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राईले पनि मन्त्रीका रूपमा सपथ लिएका छन्। यी तीन मन्त्रीको मन्त्रालय पछि टुंगो लाग्नेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छ । कांग्रेसले विगतको सहमति लत्याएको बन्दै बनेको नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसदको समर्थन रहेको छ । राप्रपा र नागरिक उन्मुक्ति पार्टी भने समर्थन जनाएपनि तत्काल सरकारमा सहभागी नहुने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6