Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, ४० वर्षपछि पोखराबासीको सपना पूरा

सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, ४० वर्षपछि पोखराबासीको सपना पूरा


काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन भएसँगै बाह्य पर्यटकको चलहपहल बढ्ने अपेक्षा गरिएको छ । पोखरामा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएसँगै सिधा उडान र पर्यटकिय चहलपहल बढ्ने आँकलन गर्न थालिएको हो ।

विमानस्थल उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको थियो । हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरेर उद्घाटन समारोहलाई भब्य बनाइएको थियो । ४० वर्षदेखीको पोखरावासीको एउटा सपना पुरा भएपनि तत्काल अन्तर्राष्ट्रिय उडानको भने कुनै योजना नरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवर्द्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना स्थानीय सरकार, प्रदेश सरकार र पर्यटन व्यवसायीले बनाउन थालेका छन् ।

चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको पोखरा विमानस्थल गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो । जतिबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको छ ।

विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि विसं २०७३ मा विमानस्थल शिलान्यास भयो । शिलान्याससँगै निर्माणको काम अघि बढ्न सकेन विसं २०७४ देखि मात्रै निर्माणको काम अघि बढेको थियो । कम भिजिबिलिटीमा समेत उडान भर्न सकिने भएकाले विभिन्न बिमान कम्पनीहरुले उडानका लागि इच्छा जाहेर गरेपनि सहमति जुट्न बाँकी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6