Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबलात्कार अभियोगमा मुछिएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज

बलात्कार अभियोगमा मुछिएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज


काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीमाथी आज सुनुवाई हुँदैछ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा आज सुनुवाई हुन लागेको हो ।

सन्दीप पक्षका वकिलहरुले बहससँगै आजै फैसला हुनसक्ने सम्भावना रहेको जानकारि दिएका छन् । लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेपनि सन्दीप पक्षले पीडित नाबालिग नरहेको, बलात्कार नभएको दावी गर्दैआएको छ । यसअघि नै जिल्ला अदालत काठमाडौंले उमेर सम्बन्धी विवाद भएपछि अदालतले पीडितको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको छ । अदालतले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको र उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न आदेश दिए अनुसार नै कानुनी प्रक्रिया जिल्ला अदालतमा अघि बढेको छ ।

गत डिसेम्बर २९ मा पनि पाटन उच्च अदालतमा सन्दीपको पुनरावेदनको पेशी इजलास नम्बर १० मा न्यायाधीशहरु सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा परेर सुनुवाई प्रक्रियामा अघि बढेको थिएन । यसअघि समेत पेशी तोकिएर बारम्बार मुद्धा प्रक्रिया रोकिदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6