Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कारागार चलान

‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कारागार चलान


काठमाडौं । दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरा पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । थुनछेक बहसपछि दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो ।

हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको थियो । तीमध्ये तुलसीपुर–१८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत समेत एक लाख धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको छ । आपराधिक लाभ मुद्दा चलाइएका घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी एक लाख धरौटीमा छुटेका छन् । प्रहरीले तीनै जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । ‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँदै यी तीन जनाको समूहले पाँच करोड माग गरेको थियो ।

पटक–पटक गरी यो समूहले ३० लाख लगिसकेको समेत खुलेको थियो । पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुईवटा नागरिकता बनाउन सहयोग गरेको समेत खुलेको छ । पीडित भनिएका तुलसीपुरका पुरुष विरुद्ध समेत सरकारी कागज कीर्ते गरेको अभियोगमा मुद्दा चलाइएको छ । पक्राउ परेका खड्कालाई भने साधारण तारेखमा छाडिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6