जबरजस्ती करणी मुद्दामा नायक पलले पाए सफाई, तर तत्काल हुने छैनन जेलमुक्त
काठमाडौं । नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसलाका क्रममा तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई सफाई दिएपनि तत्काल जेलमुक्त हुन भने पाउने छैनन ।
नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र साह जेल मुक्त हुनेछन् । शाह करिब एक वर्षयता थुनामा छन् । पललाई तनहुँ जिल्ला अदालतले सफाई दिएपनि थुनामुक्त हुन नपाएपछि समर्थकहरु खिन्न बनेका छन् ।















तपाईको प्रतिक्रिया