Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन नेपालका पछिल्ला ५ प्रमुख खबरहरु

नेपाल अपडेट : यी हुन नेपालका पछिल्ला ५ प्रमुख खबरहरु


काठमाडौं । सहिद दिवस, राहदानीमा गर्न लागिएको सुधार, लाइसेन्स परिक्षामा अधिकांश चिकित्सक फेल, अमेरिकी उपमन्त्रीको ब्यस्तता र नेपालको मौसमी प्रणाली बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरिदै
प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरेर आज देशभर शहीद दिवस मनाइदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो बारम्बार आउनेगरि पनि दिवसको औपचारिकताले भने निरन्तरता पाइरहेको छ । शहीद दिवसको औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउछ । तर कार्यान्वयन पक्षमा भने उल्लेख्य प्रगति देखिएको छैन । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएपनि आज विशेष कार्यक्रमका साथ शहीदको सम्झना गर्ने गरिन्छ । दिवसका अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली लगायत दलका नेताहरुले शुभकामना शन्देष जारी गर्दै सहिदका सपना साकार पार्ने सबै गम्भिर र जिम्मेवारिका साथ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

राहदानीका लागि एक महिने अग्रिम अनलाइन आवेदन सुविधा
राहदानी विभागले सेवा सहज बनाउन भन्दै एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । यो व्यवस्थासँगै आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था गरिएको थियो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विश्वास विभागले लिएको छ । आज १६ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ । मंगलबार १७ गते प्रि–इनरोलमेन्ट गर्नेले फागुन १६ सम्मको र १८ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १७ सम्मको समय लिन सकिने छ । विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् । काठमाण्डौ नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरिएको बताइएको छ ।

लाइसेन्स परीक्षामा ५३ प्रतिशत चिकित्सक फेल
चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५३ प्रतिशत फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ सम्म (आइतबार) सम्म लिएको परीक्षामा एमबीबीएस र वीडीएसतर्फ गरी १ हजार २२० जना फेल भएका हुन् । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार एमबीबीएस र बीडीएसमा गरी २ हजार ३ सय ३११ ले लाइसेन्स परीक्षा दिएका थिए । यीमध्ये १ हजार ९१ जना, (४७) प्रतिशत चिकित्सक मात्रै पास भएका छन् । काउन्सिलको तथ्यांक अनुसार एमबीबीएस तर्फ ४७.११ र बीडीएस तर्फ ४७.६० प्रतिशत चिकित्सक पास भएका छन् । यसपटक एमबीबीएसमा कुल १ हजार ८३९ जनाले परीक्षाका लागि फारम भरेका थिए । परीक्षामा ७ जना अनुपस्थित भएका थिए । एमबीबीएसतर्फ कुल १ हजार ८३२ जनाले एबीबीएसतर्फको लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै पास भएका छन् । बीडीएसतर्फ कुल ४८२ जनाले फारम भरेकोमा ३ जना अनुपस्थित भए । परीक्षा दिएका ४७९ जना मध्ये २२८ जना मात्रै पास भएका छन् ।

अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्यान्डको नेपालमा ब्यस्थता
आइतबार नेपाल आउनुभएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड आज राजनीतिक भेटघाटमा ब्यत हुनुहुनेछ । नुल्यान्डले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग आज भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपमन्त्री नुल्यान्डले आफ्नो दुई दिने भ्रमणमा नेपालको सरकारसँग अमेरिकी साझेदारीको वृहत् एजेन्डामा छलफल गर्ने, नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकनसमेत गर्ने तालिका रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । ३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसक्नुभएकी नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुनुहुन्छ । गएको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीन दिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो दोस्रो ठूलो भ्रमण हो ।

नेपालमा पश्चिमी वायुको प्रभाव, कहाँ कहाँ पानीसँगै हिमपात ?
पश्चिमी वायुको सामान्य प्रभावका कारण प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने भएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानसँगै बाँकी प्रदेशहरूका समेत उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको आँकलन गरिएको छ । तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने हुस्सु÷कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने देखिएको छ । मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भएपनि सामान्यतया मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको पुर्वानुमान गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6