Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalनयॉ राष्ट्रपति चयनका लागि अमेरिकामा आज आमनिर्वाचन, राष्ट्रीय मत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अगाडि

नयॉ राष्ट्रपति चयनका लागि अमेरिकामा आज आमनिर्वाचन, राष्ट्रीय मत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अगाडि


गणेश थापा/अमेरिका

संयुक्त राज्य अमेरिकामा नयॉ राष्ट्रपति चयनका लागि मंगलवार आमनिर्वाचन हुदैछ । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेन बीच निकै कडा प्रतिस्पर्धा हुने ताजा मत सर्वेक्षणले देखाएको छ । नोवेल कोरोना भाइरसको महामारीकै बीच हुन लागेको यस राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र संघसंस्था तथा मिडिया हाउसहरूले आ-आफ्नै तौलतरिका र पक्षबाट मत सर्वेक्षण सार्वजनिक गरिरहेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रीय मत सर्वेक्षणमा दुवै उम्मेदवारबीच करीव ९ अंकसम्मको अन्तर देखाइएको छ । एबीसी न्यूज, वासिगंटन पोष्ट, न्युयोर्क टाइम्स, सिएनएन लगायतका ठूला मिडियाले केही राज्यमा वाहेक अधिकांशमा डेमोक्रेटिक उम्मेदवार बाइडेननै अग्रस्थानमा रहेको सार्वजनिक गरिरहेका छन् ।

यता राष्ट्रीय मत सर्वेक्षणको रिपोर्टबमोजिम बाइडेनको अवस्था ५२ प्रतिशत पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्प ४३ प्रतिशतमा सीमित छन् । ब्याटलग्राउण्डका रूपमा हेरिएको फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्प २ अंकले अगाडि देखिएका छन् भने पेन्सिलभेनियामा बाइडेनको अग्रता ट्रम्पको भन्दा झण्डै ७ अंकले बढी छ । यी दुई राज्यलाई राष्ट्रपति चुनावका लागि निर्णायकको रूपमा समेत लिइएको छ । रिपब्लिकनको पकट क्षेत्र मानिएको टेक्सस, जर्जिया, एरिजोना, नर्थक्यारोलिना लगायतका ट्रम्पका पकटक्षेत्रमा समेत बाइडेनको स्थिति राम्रो रहेको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि निर्वाचनको अन्तिम दिनपछि आउने नतिजाले मात्रै नयॉ राष्ट्रपतिको टुंगो लगाउने छ ।

दुई दलीय व्यवस्था रहेको अमेरिकाको संविधान अनुसार नागरिकलाई प्रत्यक्ष रूपमा राष्ट्रपति चुन्ने मताधिकार नभएको हुदा इलेक्टरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयॉ राष्ट्रपति निर्वाचित हुनेछन् । कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मत आवश्यक पर्छ । निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिगं) गरेअनुसार आजको दिनसम्ममा झण्डै १० करोड मानिसले मतदान गरिसकेको जनाइएको छ । अमेरिकामा १५ करोड हाराहारीमा मतदाता रहेको बताइएको छ ।यसपालिको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गर्ने अनुमान गरिएको छ । राष्ट्रीय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको भोलीको दिन अर्थात् २०२० को नोभेम्वर ३ ले आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइटहाउस प्रवेशको अनुमति कस्लाई प्रदान गर्ने हो भन्ने अड्कलबाजीलाई पूर्णविराम लगाउने छ । त्यसका लागि अबको केही घण्टा प्रतिक्षा गर्नुपर्ने छ ।

७४ वर्षिय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहोरियाएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दाउमा छन् भने आफ्ना प्रतिद्वंद्वीभन्दा झण्डै ३ वर्ष पाका उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करीव ४० वसन्तपछि राष्ट्रको सर्वोच्च कार्यकारी पदको ४६औं नम्वरमा आफ्नो नाम दर्ता गरेर जीवनको उत्तरार्द्धलाई बिसाउने प्रयासमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6