Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबढ्दै कोरोनाका गम्भिर बिरामी, काठमाडौंका अस्पतालमै अक्सिजन अभाव !

बढ्दै कोरोनाका गम्भिर बिरामी, काठमाडौंका अस्पतालमै अक्सिजन अभाव !


काठमाडौं । देशभर कोरोना संक्रमित र मृत्युदरले तिब्रता पाउँदा काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३५ हजार ६७८ पुगेको छ । सक्रिय संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमै छन् । केही हजार कोरोना सङ्क्रमित उपचारका लागि भर्ना हुँदा नै देशभर देखिएको अक्सिन अभाव काठमाडौंका अस्पतालमा समेत देखिन थालेको छ ।

अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको बताउँदै अक्सिनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने जानकारी गराएका छन् । चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका हुन । यी अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने प्रष्ट पार्दा कोरोना महामारि नियन्त्रणको सरकारी अभियान थप प्रभावित हुने देखिएको छ । साथै, बेड अभावमा भौतारिने संक्रमितहरुको संख्या थप बढ्नेछ । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव बढ्दो क्रममा छ ।

सरकारले करिब ४५ प्रतिशत आईसीयू बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेपनि आईसीयू र भेन्टिलेटरमा भर्ना गरिनुपर्ने संक्रमितहरु अस्पताल परिसर र प्यासेजमा अलपत्र अवस्थामा उपचार गर्न बाध्य छन् । आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र स्वयम स्विकार गर्नुहुन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का अन्दाजी ५५\६० वर्षका पुरुषका लागि शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोज्नुभएका मेयर मिश्र उपत्यकाका अस्पतालमा आईसीयू बेड नपाएर बचाउनसक्ने संक्रमितले समेत ज्यान गुमाउनुपर्ने अवस्था बढ्दो क्रममा रहेको बताउनुहुन्छ । यो घटना मात्रै होइन्, शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो भने त्यहाँ उपचाररत अन्य सङ्क्रमितलालाई रातरात अन्य अस्पतालमा सार्नुपरेको थियो ।

चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजन सपोर्टको जरुरी परेको बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने स्वास्थ्यकर्मीको चेतावनीलाई सरकारले बेलैमा सम्बोधन गर्न नसक्दा अवस्था थप बिकराल बन्दैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6