Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःपृथ्वीसुब्बा गुरुङ, चार दलको बिरोध

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःपृथ्वीसुब्बा गुरुङ, चार दलको बिरोध


काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङले नै ७४ घन्टा बित्न नपाउँदै फेरि मुख्यमन्त्रीको सपथ लिनुभएको छ ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा धारा १६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख पौडेलसामु पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

यसरी फेरियो सत्ता अंक गणित
सत्ता गठबन्धनमा निर्णायक देखिएको जनमोर्चाको केन्द्रीय नेतृत्वले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि मुख्यमन्त्री गुरुङ संकटमा परे । चार दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेर आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको सुइँकोपछि मुख्यमन्त्री गुरुङले ६ गतेका लागि बैठक तय भइसकेको प्रदेशसभाको अधिवेशन वैशाख १ गते मध्यरातमै अन्त्य गरिदिए । यसपछि समेत अविश्वासको प्रस्ताव सदनमा दर्ता भयो । अन्य दलले बिशेष अधिबेशको मागदाबी गर्दै बैठक आह्वान भएर अविश्वासको प्रस्ताव दर्ता भई छलफल हुने अघिल्लो दिन नै पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङ अन्तत जनमोर्चाका दुई नेतालाई तटस्थ राखेर विपक्षी गठबन्धन भत्काउँदै ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।

चार दलको आपत्ति
गण्डकी प्रदेशका चार दलले अल्पमतको सरकार गठनप्रति आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नु संविधानको अपमान भएको बताए ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले दुई वा दुईभन्दा बढी दलका सरकार गठनका लागि आहृवान गरेकी थिइन् । उनले दिएको समयसीमाभित्र चार दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेपनि सरकार टिकाउनका लागि राष्ट्रिय जनमोर्चाका दुई सांसद तटस्थ राख्न मुख्यमन्त्री गुरुङ सफल भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6