Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपुरानै मन्त्रिमण्डलसहित तेश्रो प्रधानमन्त्रीका रुपमा ओलीले लिए सपथ

पुरानै मन्त्रिमण्डलसहित तेश्रो प्रधानमन्त्रीका रुपमा ओलीले लिए सपथ


काठमाडौं । प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएको तीनदिनमै ठूलो दलको संसदीय दलको नेताका हैसियतमा केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संविधानको धारा ७६(२) बमोजिम दुई वा दुईभन्दा बढी दलबाट बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न राष्ट्रपतिले दिएको तीनदिने समयसिमामा निवेदन नपरेपछि प्रतिनिधिसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।पुरानै मन्त्रिमण्डलसहित गरिएको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए । योसँगै ओलीले तेश्रो पटक प्रधानमन्त्रीको नेतृत्व गर्न पाएका छन् ।

संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले एक महिनाभित्र जसपाको महन्थ–राजेन्द्र पक्षलाई सरकारमा सहभागि गराएर विश्वासको मत पाउलान वा महन्थ–राजेन्द्र पक्षलाई तटस्थ नै राखेर संविधानको धारा ७६(६) हुँदै मध्यावधि निर्वाचन तिर देशलाई धकेल्छन यो भने सबैले प्रतिक्षा गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6