Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीले भने “यो हदसम्म विस्तार हुन्छ भन्ठानेको थिइन”

प्रधानमन्त्री ओलीले भने “यो हदसम्म विस्तार हुन्छ भन्ठानेको थिइन”


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण दर तीव्र रुपमा बढ्छ र अहिलेको अवस्था आउँछ भनेर नसोचेको प्रष्टिकरण दिएका छन् । एक सामूहिक छलफलका क्रमा प्रधानमन्त्री ओलीले हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ भन्ने ठानेर ‘यो तहसम्म बढ्छ भन्ने आफूले नसोचेको ’ जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ”यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ । त्यस कारण अलि अलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो । तर यस तहमा वृद्धि भयो ।” विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो क्लिपमा प्रधानमन्त्रीले थप भनेका छन्, ”सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले) पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ । यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन । त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ । यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन ।”

केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले अस्पतालमा बेड खाली भएको जिकिर गर्दै सुविधा खोज्दा केही अस्पतालमा बाहिर समेत बिरामी देखिएको भन्दै हल्का टिप्पणी गरेक थिए । कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव दिने प्रधानमन्त्रीले कुनै वैज्ञानिक आधार नरहेको हावादारी गफ गरेको भन्दै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा चर्को आलोचना भोग्दै आएका थिए ।

अहिले भने उनै प्रधानमन्त्री ओली नेपालमा बढिरहेको कोरोना भाइरसको संक्रमण र मृत्युदर विश्लेषण गरेर यो हदसम्म महामारी फैलिने आँकलन नगरेको भन्दै विगतका आफ्नै भनाईहरु तथ्यमा आधारित थिएनन भनेर स्विकार्न बाध्य भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ५ हजार भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन् भने कुल संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6