Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचार्टर्ड उडानबाट नेपाली नागरिक समेत विदेश जान पाउने, भिसा सेवा भने बन्द

चार्टर्ड उडानबाट नेपाली नागरिक समेत विदेश जान पाउने, भिसा सेवा भने बन्द


काठमाडौं । निषेधाज्ञामा अनुमति दिइएका अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा अलपत्र विदेशीसँगै नेपाली पनि जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मात्रै जो सुकै नेपाली नागरिक पनि चाटर्डमार्फत अन्य मुलुक जान सक्ने निर्णय गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता प्रेम सुवेदीले यो निर्णयसँगै खाडी मुलुक जान ठिक्क परेका युवा चार्टर्ड फ्लाइटमा जान सक्ने बताउनुभयो । यसअघि पनि खाडी मुलुकका कामदारबाहेक अन्य देश जाने नेपाली वा एनआरएनएलाई प्रक्रिया पूरा गरेर आएको खण्डमा चार्टर्ड फ्लाइटमा जान रोकिएको थिएन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै अहिले नेपालमा रहेका कूटनीति नियोग, नेपाल घुम्न आएका पर्यटक, एनआरएनए, यूरोप अमेरिकालगायतका मुलुक जाने नेपाली नागरिकले जहाज चाटर्ड गरेर गइरहेका छन् ।

नेपालबाट चार्टर्डमार्फत जान चाहने विदेशी नागरिक, गैरआवसीय नेपाली तथा नेपाली नागरिक भनेर नछुट्याइएकाले सबैले जान पाउँने तर, जाने नागरिकले सबै प्रक्रिया भने पूरा गरेको हुनुपर्नेछ । अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालका अनुसार अहिले युएई र कुवेतका लागि जाने नागरिकलाई भिसा दिइएको छैन । ती मुलुकभन्दा बाँकी रहेका अन्य मुलुकमा जाने विदेशी वा नेपाली नागरिकले प्रक्रिया पूरा गरेर आएको खण्डमा अध्यागमनले सहजिकरण गर्दैआएको छ । बिहिबारबाटै अध्यागमनको अत्यावश्यक सेवा भने बन्द गरेको छ ।

विदेशीहरू धमाधम फर्किँदै
उद्धार उडानमा जाने यात्रुमा अधिकांश विदेशी नागरिक रहेको पर्यटन बोर्डले जानकारी दिएको छ । आइतबारमात्रै पर्यटन बोर्डको सहकार्यमा कतार एयरवेजबाट अमेरिकी र युरोपियन नागरिक गएका थिए । हिमालय एयरलाइन्सले बंगलादेशीलाई लगेको छ भने रुसले आफ्ना १२८ नागरिक लैजान रुसी एयरलाइन्स एरोफ्लट नेपाल आउँदैछ । बिहीबार स्पेनले आफ्ना नागरिकलाई वाइडबडीमार्फत स्वदेश लगेको छ । यस्तै, अमेरिकी र यूरोपका नागरिक पठाउनका लागि जेठ ८ र ११ गतेलाई कतारका लागि चार्टर्ड उडानको अनुमति दिइएको छ । विभिन्न जिल्लामा अलपत्र ४८४ पर्यटकलाई बोर्डले सहजीकरण गरेर काठमाडौं ल्याइसकेको छ । यीमध्ये ५४ अमेरिकी नागरिक छन् । उनीहरूलाई ५ दिन होटल क्वारेन्टाइनमा राखेर सम्बन्धित दूतावासको समन्वयमा पठाइने बताइएको छ ।

अध्यागमनबाट सबैप्रकारको भिसा सेवा बन्द
कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमणमा वृद्धि भएको उल्लेख गर्दै अध्यागमन विभागले बिहिबारदेखी सबै प्रकारको भिसा सेवा बन्द भएको जानकारी गराएको छ । तर, लकडाउनको कारण नेपालमा अलपत्र परेका विदेशी, कारागारबाट सुपुर्दगी गर्नुपर्ने र देश निकाला गर्नुपर्ने, पासपोर्ट प्रक्रियाले रोकिएका र अन्य अत्यावश्यकीय कामले रोकिएकालाई भने भिसामा सहजीकरण गरिने छ । भिसा भएर पनि जान नपाएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सहजीकरण गर्ने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6