Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबढ्दैछन गम्भीर बिरामीहरु, कसरी जित्ने कोरोना संक्रमण ?

बढ्दैछन गम्भीर बिरामीहरु, कसरी जित्ने कोरोना संक्रमण ?


काठमाडौं । पछिल्लो केही दिनयता दैनिक कोरोनामुक्त हुनेको सङ्ख्या बढिरहेको छ । सङ्क्रमित हुनेको सङ्ख्या अपेक्षाकृत रुपमा घट्न नसके पनि बढ्दो क्रममा भने ब्रेक लागेको छ । निको हुने दर बढ्नुलाई सकारात्मक रुपमा लिइएपनि आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने अर्थात् गम्भीर खालका बिरामीको सङ्ख्या बढ्नुले तत्कालै कोरोना नियन्त्रणमा आइहाल्ने लक्षण नदेखिएको स्वास्थ्य विज्ञहरुले बताउँन थालेका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु र नयाँ भेरियन्टको सङ्क्रमणदर बढी हुनुले पनि चिन्ता थपिएको हो । शनिबार मात्रै पनि आईसीयूमा १ हजार ६१४ र भेन्टिलेटरमा ४१४ कोरोना संक्रमित उपचाररत छन् ।

किन बढ्दै छन त गम्भिर संक्रमित ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पनि कोरोनाका गम्भीर खालका बिरामीको सङ्ख्या बढ्दै गएको देखाउँछ । वैशाखको अन्तिमसम्म आईसीयू र भेन्टिलेटरमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा तल रहेकोमा जेठको दोस्रो हप्तादेखि यो सङ्ख्या बढ्दै दुई हजारमाथि पुगेको छ । जेठ ६ गतेयता आईसीयू र भेन्टिलेटरमा भर्ना हुने सङ्क्रमितको ग्राफ दैनिक उकालो लागेको छ ।

सङ्क्रामक रोग विषेशज्ञ डा. अनुप बास्तोला धेरै जना सङ्क्रमित भएकाले गम्भीर खालका बिरामीको सङ्ख्या बढेको बताउनुहुन्छ । ‘अस्पतालमा बेड छैन भनेपछि कतिपय मानिसहरु अक्सिजनको व्यवस्थापन गरेर घरमै आइसोलेशनमा बसे’ घरमै बस्दा अवस्था एकदमै जटिल भएपछि मात्रै अस्पताल जाँदा पनि जोखिम बढेको छ ।’ डा. बास्तोला बताउनुहुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन पनि दोस्रो लहरमा देखिएको भाइरस निकै सङ्क्रामक अनि घातक भएको स्विकार गर्दै ढिला गरी मात्रै अस्पताल पुगेका कारण पनि गम्भीर खालका बिरामीको सङ्ख्या बढेको बताउनुहुन्छ ।

यस्तो छ चिकित्सकको सुझाब
कोरोना सङ्क्रमण भइसकेपछि कुनै खालको लक्षण देखिएको छैन भने आत्तिन हुँदैन । अलिअलि लक्षण देखिएको छ भने पनि तनाव लिन हुँदैन भने अनावश्यक रुपमा औषधिको सेवन गर्न हुँदैन । केही दिनमा सामान्य खोकी र ज्वरो हराएर जाने भएकाले तनाव लिने र आत्तिने कारणले जोखिम बढ्नसक्छ ।
सामान्य रुघाखोकीका लागि सिटामोल र खोकीको औषधि लिन सकिन्छ । लामो समय अर्थात् पाँच, सात दिनसम्म पनि ज्वरो आइरहेमा वा खोकी लागिरहेमा अस्पतालमा गएर डाक्टरको परामर्श लिनुपर्छ । अस्पताल गइसकेपछि स्वास्थ्यकर्मीले एक्सरे लगायत रगतको जाँच गरिसकेपछि थप उपचार कसरी अगाडि बढाउने भनेर केही अनुभव लिन सजिलो हुन्छ ।

होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितले अनावश्यक रुपमा औषधिको सेवन गर्नुहुँदैन । तनाव लिनु हुँदैन । लक्षण अनुसारको उपचार गर्दै जाँदा लक्षण घट्दै गएमा आत्तिनु पर्दैन । संक्रमित र आफन्त कुन अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली छ, कहाँ जाने, कसरी जाने भन्ने अन्योल भएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको हटलाइन नम्बरमा सम्पर्क गर्न आह्वान गरिएको छ । रपनि अहिले निषेधाज्ञाको समय भएकाले पनि उपचारको लागि अस्पतालसम्म जानका लागि समस्या छ । सङ्क्रमितको सङ्ख्या तथ्याङ्कमा केही कम देखिए पनि आईसीयू र भेन्टिलेटरको माग घट्न नसक्दा जोखिम कायमै रहेको कतिपय चिकित्कको आँकलन छ ।

डा. बास्तोला सकेसम्म घरमै डाक्टरको परामर्शमा बस्ने, खानपानमा ध्यान दिने, श्वास फेर्न गाह्रो भए या कुनै अप्ठ्यारो हुनेबित्तिकै अस्पताल जाने गरियो भने जटिलताबाट बचाउन सकिने सुझाब दिनुहुन्छ । धेरैजसो सङ्क्रमितहरुले आफूखुशी भटाभट एन्टिबायोटिक खान थालेकाले समस्या निम्तिएको देखिएकाले आफूखुसी मनलाग्दी औषधी नखान चिकित्सकको सुझाब छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6