Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalगण्डकी प्रदेशमा अदालतका कारण फेरिएको सत्ता अंकगणित

गण्डकी प्रदेशमा अदालतका कारण फेरिएको सत्ता अंकगणित


काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएसँगै विपक्षी गठबन्ध सरकारको सम्भावना कमजोर बनेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले दलको ह्वीप उल्लंघन गरेको नदेखिएकाले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न गण्डकी प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाका नाममा अन्तरिम आदेश जारी गर्नुभएको हो ।

राष्ट्रिय जनमोर्चाले थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले थापालाई उनको दलले कारबाही गरेको पत्र प्राप्त भएको जानकारी गराएपछि थापा पदमुक्त हुनुभएको थियो । सर्वोच्चको अन्तरिम आदेशमा थापाले दलको ह्वीप उल्लंघन गरेको नदेखिएकाले उनलाई दल त्यागको कारबाही गर्न मिल्ने वा नमिल्ने विषयमा गम्भीर कानुनी व्याख्या गर्नुपर्ने भन्दै तत्कालका लागि कारवाहीको निर्णय कार्यान्वयन नगर्न भनेको छ । सर्वोच्चको आदेशपछि अब थापाले प्रदेशसभा बैठकमा भाग लिन र प्रदेशसभा सदस्यको हैसियतमा मतदान गर्न पनि पाउने भएका छन् । सर्वोच्चबाट पुनर्वहाली भएका थापाले कम्युनिस्ट जनमतलाई घात नगर्ने दाबी गर्दै कांग्रेसलाई मुख्यमन्त्री बन्न नदिने अडान दोहोर्याउनुभएको छ ।

गण्डकी प्रदेशसभामा गत वैशाख १५ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदानअघि राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाकै सांसद पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेपछि मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि मतदान हुन सकेको थिएन । वैशाख २७ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा बहुमतको सरकारका लगि प्रदेशप्रमुख समक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा राष्ट्रिय जनमोर्चाका थापाले हस्ताक्षर गर्नुभएन ।

जनमोर्चाले उक्त निवेदनमा हस्ताक्षर नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै दलबाट निष्कासन गरेपनि सर्वोच्चले अविश्वास प्रस्तावका विषयमा लगाएको ह्वीप नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गर्दा उल्लंघन भयो भन्न मिल्ने वा नमिल्ने विषयमा गम्भीर कानुनी व्याख्याको प्रश्न हुन आएको बताएको छ । थापाको पुनर्वहालीसँगै विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना गण्डकी प्रदेशमा लगभग अन्त्य भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6