Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsशिक्षमन्त्री श्रेष्ठको निर्देशन, “वैकल्पिक विधिबाट शैक्षिक कार्यक्रम अघि बढाउनु”

शिक्षमन्त्री श्रेष्ठको निर्देशन, “वैकल्पिक विधिबाट शैक्षिक कार्यक्रम अघि बढाउनु”


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना भाइरसको महामारीको स्थिति सामान्य नभएसम्म वैकल्पिक विधिबाट शैक्षिक कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिनुभएको छ । आइतबार शिक्षा मन्त्रालयमा भएको शैक्षिक क्षेत्रका समसामयिक विषयको समिक्षा बैठक मार्फत शिक्षामन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा शिक्षा मन्त्रालयका साथै शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीहरु सहभागी रहेको बताइएको छ । बैठकमा एसईई परीक्षाको सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भइरहेको तयारीका विषयमा समेत छलफल भएको थियो । असार १ गतेदेखि सुरु हुने शैक्षिक सत्रमा विद्यार्थीको भर्ना, पाठ्यपुस्तकको सहज वितरण, बालबालिकाहरुको सिकाईलाई वैकल्पिक माध्यमबाट निरन्तरता दिने, शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोप उपलब्ध गराउन पहल गर्ने लगायतका विषयमा बैठकमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6