Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनले ताइवानमाथी दबाब बढाउँदैगर्दा अमेरिकाको चेतावनी

चीनले ताइवानमाथी दबाब बढाउँदैगर्दा अमेरिकाको चेतावनी


वाशिंगटन। अमेरिकाले ताइवानको सुरक्षा वा त्यहाका जनताको सामाजिक वा आर्थिक प्रणालीलाई जोखिममा पार्ने गरि बल प्रयोग वा अन्य प्रकारका जबरजस्ती गर्ने कुनै पनि गतिबिधिलाई प्रतिरोध गर्ने चेतावनी दिएको छ। ताइवानका विदेशमन्त्रीले चीनले आक्रमण गरेमा आफ्नो देशलाई बचाउन आह्वान गरिरहेका बेला अमेरिकाको यस्तो धारणा सार्वजनिक भएको हो।

विभिन्न मिडिया रिपोर्टहरुले पछिल्लो समय चीनले ताइवानमाथीको दबाब बढाउँदै लगेको र बारम्बार चेतावनी दिइरहेको सार्वजनिक गरेका छन् । अमेरिकाले ताइवानप्रतिको आफ्नो प्रतिबद्धता ठोस रहेको र ताइवान सामुद्रिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिका सक्षम रहेको अभिव्यक्ति आउनुले ताइवानमाथीको चीनियाँ दबाब घट्ने आँकलन गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रइसले अमेरिकाको इण्डो–प्यासेफीक क्षेत्रमा साझा समृद्धि, सुरक्षा र मूल्यमान्यताहरू कायम गर्न अमेरिका र साझेदारहरूले निरन्तर काम गरिरहेको जानकारी दिनभएको छ । ताइवानको जल क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिकाले काम गरिरहेको प्रइसको दाबी छ ।

यता, ताइवानको नजिक तनाव बढाउने उद्देश्यले चीनीया नौसेनाले ताएवान नजिकको क्षेत्रमा आफ्नो सैन्य अभ्यास बढाउँने घोषणा गरेको छ। श्रोत: याहु न्यूज



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6