Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने पाकिस्तानी प्रयास असफल

अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने पाकिस्तानी प्रयास असफल


इस्लामाबाद । पाकिस्तानले अमेरिकासंग सम्बन्ध पुनर्जीवित गर्न गरेको प्रयासले खासै सफलता हाँसील गर्न नसकेको देखीएको छ। पाकिस्तानले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसंगै वाइडेन प्रशासनसंग सम्बन्ध सुधारका लागि गरेको प्रयासमा अमेरिकाले खासै महत्व नदिएको पाइएको हो ।

पाकिस्तानले बाइडेन प्रशासन आएसंगै अमेरिकासंगको सुरक्षा र आर्थिक सहयोगको अपेक्षा राख्दै आएको थियो। राष्ट्रपति बाइडेनले पाकिस्तानलाई राम्ररी बुझेको र नयाँ समझदारीको मार्ग प्रशस्त गर्न मद्दत पुर्‍याउँने भन्दै पाकिस्तान आशावादी बनेपनि अमेरिकाले महत्व नदिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्। नीति निर्माणमा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले द एक्सप्रेस ट्रिब्यूनलाई पाकिस्तान अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा द्विपक्षीय लेन्स मार्फत विकास गर्न चाहेको र चिनियाँ लेन्स वा भारतीय लेन्सबाट बुझ्न नचाहेको बताएका छन्।

अमेरिकाको बेवास्तासँगै अब पाकिस्तान अमेरिकाको सम्बन्ध कस्तो हुन्छ सबैको चासो यसमा देखिएको छ । स्रोतः इन्डीया ब्लुम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6