Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजी–७ मा अवद्ध नेतालाई चीनको चेतावनी, सिमित देशले विश्वको भविश्य कोर्न सक्दैनन

जी–७ मा अवद्ध नेतालाई चीनको चेतावनी, सिमित देशले विश्वको भविश्य कोर्न सक्दैनन


काठमाडौं । चीनले जी–७ देशका नेताहरुलाई चेतावनी दिँदै सीमित देशले विश्वको भविष्यका बारेमा निर्णय लिने नसक्ने दाबी गरेको छ । जी–७ देश चीनको सामु आफैँलाई एकजुट देखाउने प्रयास गरिरहेका बेला चीनले यस्तो चेतावनी दिएको हो ।

लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले कुनै पनि देश चाहे ठूलो होस् या सानो, बलियो होस् या कमजोर, गरिब होस् या धनी, सबै बराबर छन् र विश्वव्यापी मामिलामा सबै देशसँग विचार–विमर्श गरिसकेपछि मात्र त्यसको समाधान खोज्नुपर्ने बताउनुभएको छ । जी–७ देशमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् । बेलायतको कर्नभेलमा भएको यस शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना महामारीका कारण विश्वमा लोकतान्त्रिक देश र तानाशाही व्यवस्था भएका देशबीच सङ्घर्षको स्थिति बनेको बताउनुभएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा चीन लगातार बलियो देखिएको छ । शीत युद्धका क्रममा सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि विश्व समुदायमा चीन एक महाशक्तिका रुपमा उदाउनुलाई अहिलेको दशकमा सबैभन्दा ठूलो विश्व घटनाक्रमका रुपमा हेरिने गरिएको छ । चीनले गएका केही दशकमा विश्वभर नै आफ्नो प्रभाव बढाएको छ । उसले आफ्नो बेल्ट एन्ड रोड इनिशिएटिभ अनुसार विश्वकै केही विकासशील देशमा ठूलो मात्रामा लगानी गरेको छ । गएको चार दशकमा चीनले निकै ठूलो सैन्य र आर्थिक शक्ति हासिल गरेको आँकलन गरिएको छ । चीनका राष्ट्रपति सी जिनपिङको कदमलाई कसरी जवाफ दिइने भन्नेबारेमा पनि जी–७ को बैठकमा चर्चा भएको बताइएको छ ।

बेलायतमा सात देशका राष्ट्राध्यक्ष तीन दिवसीय सम्मेलनमा ब्यस्त छन् । पश्चिमी देश चीनको प्रभाव कम गर्न सम्मेलनले बलियो विकल्प पेस गरेको देख्न चाहन्छन् । जी–७ देश चीनको अरबौँ डलरको बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पको रुपमा विकासशील देशका लागि योजना बनाउने काममा सक्रिय बनेपनि सफल हुन सकिरहेका छैनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6