Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्वउपकुलपतिले भने ‘चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नहोस्’

पूर्वउपकुलपतिले भने ‘चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नहोस्’


काठमाडौं । १२ जना पूर्वउपकुलपतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन्। पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, कमलकृष्ण जोशी, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘डा. श्रीकृष्ण गिरीलाई सुरक्षा प्रदान गर्न र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधि अनुरुप काम गर्न दिन हामी पूर्वउपकुलपतिहरु सरकारसँग जोडदार माग गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । कानुनी शासनको उपेक्षा गरेर झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनु दुर्भाग्यपूर्ण भएको जिकिर समेत पूर्वउपकुलपतिहरुले गरेका छन् ।  काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन र एवं कानुनी राज्यको उपेक्षा गर्नुमा अलिकति पनि नहिच्किचाउनु ठूलो दुर्भाग्य भएको समेत पूर्वउपकुलपतिहरुले बताएका छन् ।

आयोगका उपाध्यक्ष डा. गिरीलाई धम्की दिइएको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै त्यसबाट हुने शारीरिक तथा मानसिक क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुने चेतावनी समेत पूर्वउपकुलपतिहरुले दिएका छन् ।

यस्तो छ विज्ञप्ति :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6