Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalपाकिस्तानको ईश्वरनिन्दा सम्बन्धी कानुन महिला अधिकार दबाउन समेत प्रयोग

पाकिस्तानको ईश्वरनिन्दा सम्बन्धी कानुन महिला अधिकार दबाउन समेत प्रयोग


इस्लामाबाद । पाकिस्तानको विवादास्पद ईश्वरनिन्दा या इस्लाम धर्मप्रति अपमान सम्बन्धी कानून महिला अधिकारकर्मीबिरुद्ध प्रयोग गर्न थालिएको छ। हालसालै दुई पाकिस्तानी अदालतहरूले ईश्वरनिन्दा कानूनको उल्लंघन गरेको आरोपमा पाकिस्तान महिला मार्चका आयोजकहरू विरुद्ध मुद्दा दर्ता गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएको हो ।

उक्त आरोप पुष्टि भए इस्लाम धर्मप्रति अपमान गर्नेलाई मृत्युदण्ड समेत दिनसक्ने पाकिस्तानी कानुने व्यबस्था गरेको छ। पाकिस्तानले लामो समयदेखि मुलुकका अल्पसंख्यक समुदायलाई नियन्त्रणमा राख्न उक्त हतियारको प्रयोग गर्दै आएको छ। गत मार्चमा महिला अधिकारकर्मीले लाहोर, हैदराबाद, सुकुर, कराँची, इस्लामाबाद र पेशावर लगायत पाकिस्तानका विभिन्न शहरहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कार्यक्रमको आयोजना गर्दै महिला अधिकारको माग गरेका थिए। यो वार्षिक जमघटमा प्रतिबन्ध लगाउन खोज्ने कट्टरपन्थी इस्लामाबादले उच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए।

महिला मार्चको बखत ईश्वरनिन्दाको नारा प्रयोग गरिएको कट्टरपन्थीहरुले आरोप लगाउँदा आयोजकहरूले भने मार्चमा सहभागीले महिलाहरुले अधिकारको कुरा गरेको तर इस्लाम धर्मप्रति कुनै अपमान नगरेको बताउँदै आएका छन् । पाकिस्तानमा धार्मिक स्वतन्त्रता दयनिय रहेकाले कसैमाथी नियन्त्रणमा राख्न इस्लाम धर्मको अपमानको आरोप लगाएर मुद्दा चलाइने गरिएको छ। स्रोतः याहु न्यूज



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6