Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउईघुरबारेको ट्वीट्पछिको तरंग, टर्की र चिनियाँ राजदूतबिच छलफल

उईघुरबारेको ट्वीट्पछिको तरंग, टर्की र चिनियाँ राजदूतबिच छलफल


अंकारा । चीनले उईगुरमाथी कारबाहीको आलोचना गर्ने टर्कीका दुई शीर्ष राजनीतिज्ञबारे गरेको टिप्पणीबारे सोधपुछका टर्कीले चिनियाँ राजदूतलाई बोलाएको छ।

टर्कीको गुड पार्टी नेता मेरल अक्सेनर र अंकराका मेयर मन्सूर यावासले सन् १९९० अप्रिलमा पृथकताबादी उईघुर र चिनियाँ सेनाबीच भएको द्धन्द्धलाई स्मरण गर्दै ट्वीट गरेपछि टर्किस्थित चिनियाँ राजदूतावासले भत्सर्ना गरेको थियो। यो घटनाको फरक फरक लेखाजोखा रहेपनि द्धन्द्धपछि हजार्रौ मुस्लिम उईघुरहरु टर्कीमा शरण लिएर बस्दैआएको जानकारी टर्कीका नेताहरुले ट्वीटरमार्फत गराएका थिए । प्रतिक्रिया दिँदै टर्कीस्थित चिनियाँ दूताबासले चीन कुनै पनि व्यक्ति वा शक्तिले यसको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा हुने चुनौतीको भत्सर्ना गर्दछ भन्दै ट्वीटरमा ट्याग गरेपछि टर्कीमा बिरोध भएको थियो।

टर्कीको विदेश मन्त्रालयले उक्त घटनाबारे बुझ्न चिनियाँ राजदूत लियू शाओबिनलाई बोलाएको थियो। राजदूत शाओबिनले चिनियाँ पक्षले आफ्नो उत्तर दिने अधिकार संरक्षीत रहेको जवाफ फर्काएको बताइएको छ। टर्कीको विदेश मन्त्रालयले चिनियाँ दूतावासको ट्वीटप्रति चिन्ता व्यक्त गरेको विभिन्न संचार माध्यमहरुले जनाएका छन्। स्रोतः एएफपी–



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6