Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा मनसुनी वर्षा, सर्तकता अपनाउन मौसमविद् र सरकारको अपिल

नेपालमा मनसुनी वर्षा, सर्तकता अपनाउन मौसमविद् र सरकारको अपिल


काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर अहिले मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भइरहेको छ । अहिले समेत देशभर नै सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको पाइएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भएको र साँझ समेत अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना केहीदिन कायम रहने आँकलन समेत गरिएको छ । मौसमविद्हरुले प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू–भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

वाढी पूर्वानुमान महाशाखासँगै गृह मन्त्रालयले समेत विपद्ध पूर्वको तयारी प्रभावकारी बनाउन र जोखिम क्षेत्रको राहत र उद्धारमा जुट्न आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोखिम क्षेत्रको बस्ती स्थानान्तरणसहित थप क्षती नहुनेगरि क्रियाशिल हुन जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी निकायहरुलाई निर्देशन दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6