Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतको जम्मू–कश्मीरका आगनवाडी पुनः सञ्चालनमा, बालबालिकामा खुःसी

भारतको जम्मू–कश्मीरका आगनवाडी पुनः सञ्चालनमा, बालबालिकामा खुःसी


एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा ल्याइएको छ । ।कोभिड–१९ महामारीका कारण विगत ११ महिनादेखि बन्द रहेको रजौरी जिल्लास्थित एक हजार छ सय ६९ आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका हुन् ।

भारतका कोरोना संक्रमण निरन्तर ओरालो लागेसँगै बिभिन्न क्षेत्रहरुमा प्रतिबन्धहरु खुकुलो भएका छन् । योसंगै रजौरीस्थित आगनवाडी सेन्टरहरु पनि संचालनमा आएपछि बालबालिकाहरु खुसी भएका छन्। कोभिड–१९ महामारीका समयमा पनि सेन्टरका कार्यकर्ताहरुले मानिसको घर–घरमा गएर आवश्यक औषधी, खाना प्रदान गर्दैआएको रजौरीस्थित आगनवाडी कार्यक्रमका अधिकारीले बताएका छन् । कोभिड–१९ महामारीका समय शिक्षाबाट वञ्चित भएका विपन्न बालबालिकासँगै अभिभावकहरु समेत आगनवाडी सेन्टरहरु पुनः सुचारु भएपछि खुःसी भएका छन् ।

भारत सरकारकारले सन् १९७५ देखि बालबालिका विकास सेवा अन्तरगत ग्रामिण क्षेत्रहरुमा विपन्न बालबालिकाहरुका लागि आधारभूत शिक्षा, स्वास्थ्य, खानाको व्यवस्था गरी आगनवाडी कार्यक्रम सञ्चालन गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6