Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वका सबैभन्दा महँगा १० र सस्ता ५ सहर यस्ता छन

विश्वका सबैभन्दा महँगा १० र सस्ता ५ सहर यस्ता छन


काठमाडौं । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको राजधानी अस्गाबट विदेशीहरुका लागि सबैभन्दा महँगो सहरका रुपमा स्थापित भएको छ । कन्सल्टेन्सी कम्पनी मर्सरले सार्वजनिक गरेको कस्ट अफ लिभिङ सर्भे २०२१ ले झण्डै १० लाख जनसंख्या भएको अस्गाबट विदेशी कामदार तथा अन्य विदेशीहरुका लागि सबैभन्दा महँगो सहरका रुपमा देखाएको हो ।

गत वर्ष यो सूचीको पहिलो स्थानमा रहेको हङ्कङ्ग अहिले दोश्रो स्थानमा धकेलिएको छ । तेश्रो महंगो शहरको स्थानमा लेबनानको बेरुत उक्लिएको छ । सूचीको शीर्ष १० स्थानमा परेका सहरहरुमध्ये अधिकांश विश्वका व्यवसायिक हबहरु भएपनि तुर्कमेनिस्तानको राजधानीचाहिँ समृद्धिका कारण नभई आर्थिक संकटका कारण सबैभन्दा महँगो सहर बनेको पाइएको छ । गत वर्ष ४५ औँ स्थानमा रहेको लेबनानको राजधानी बेरुत यो वर्ष विदेशीका लागि सबैभन्दा महँगो सहरको सूचीमा तेश्रो स्थानमा उक्लिनुमा समेत हालैका वर्षहरुको राजनीतिक अस्थिरता तथा चरम आर्थिक मन्दी मुख्य कारक देखिएका छन् ।

मर्सरको उक्त सूचकांकमा विश्वका विभिन्न २ सय ९ वटा सहरहरु समावेश गरिएको जानकारी दिएको छ । खानेकुरा, आवास, यातायात लगायतका दैनिक जीवनयापनमा हुने खर्चको विश्लेषण गरेर महंगा शहरहरुको सूची सार्वजनिक गरेको बताइएको छ । उक्त रिपोर्टमा विभिन्न २ सय वस्तु तथा सेवाको लागि हुने खर्चको मूल्यांकन गरिएको छ । यस रिपोर्टले विश्वका विभिन्न कम्पनी तथा सरकारहरुलाई आफ्नो देशमा कार्यरत विदेशी कामदारहरुको ज्याला निर्धारणमा समेत सहयोग पुर्याउने विश्वास मर्सरले गरेको छ । चौथो स्थानमा जापानको राजधानी टोकियो रहेको छ भने पाँचौ महँगो सहरको रुपमा स्विजरल्याण्डको जुरिच परेको छ । यी दुबै सहर गत वर्षभन्दा एक–एक स्थान झरेर केही सस्तिएका छन् । चीनको सांघाई छैटौँ, सिंगापुर सातौँ, स्विजरल्याण्डको जेनेभा ८ औँ, चीनको राजधानी बेइजिङ नबौँ र स्विजरल्याण्डको बर्न सहर विदेशीका लागि सबैभन्दा महँगो सहरको सूचीमा दशौँ स्थानमा छन् ।

अन्य सहरहरुमा अमेरिकाको न्युयोर्क सिटी १४औँ स्थानमा छ भने डेनमार्कको कोपनहेगन १६ औँ, बेलायतको लण्डन १८ औँ, अष्ट्रेृलियाको सिड्नी ३१ औँ, अष्ट्रियाको भियना ३७ औँ स्थानमा छन् । यस्तै, दुबई ४२ औँ, बैंकक ४६औँ, रोम ४७औँ, वाशिङ्गटन ५१औँ, बर्लिन ६०औँ र मस्को ६२औँ स्थानमा रहेका छन् । अष्ट्रेलियाको क्यानबेरा ७५औँ स्थानमा रहँदा स्पेनको बार्सिलोना ८४औँ, क्यानडाको भ्यानकुभर ९३औँ तथा टोरन्टो ९८औँ नम्बरमा रहेका छन् ।

दक्षिण एसियामा महँगो सहर ढाका
दक्षिण एसियामा बंगलादेशको राजधानी ढाका विदेशीहरुका लागि सबैभन्दा महंगो सहरको रुपमा छ । ढाका उक्त सूचीमा ४०औँ स्थानमा रहेको छ । दोश्रो स्थानमा भारतको मुम्बई ७८औँ स्थानमा रहेको छ । यस्तै भारतको नयाँदिल्ली ११७औँ, चेन्नई १५८औँ, बैंगलोर १७०औँ, कलकत्ता १८१औँ स्थानमा रहेका छन् । श्रीलंकाको कोलम्बो विदेशीका लागि विश्वका सर्वाधिक महँगा सहरहरुको सूचीमा १८५औँ स्थानमा छ भने पाकिस्तानको इस्लामावाद १९९औँ र कराँची २०१औँ स्थानमा परेका छन् ।

यी हुन सस्ता ५ सहरहरु
किर्गिस्तानको राजधानी विस्केक सबैभन्दा सस्तो सहर बनेको छ । विदेशीका लागि सबैभन्दा सस्तो जीवनयापन रहेका पाँच सहरहरुमा बिस्केकसँगै जाम्बियाको लुकासा, जर्जियाको तिबिल्सी, ट्युनिसियाको ट्युनिस र ब्राजिलिको ब्रासिलिया परेका छन् । मर्सरले नेपालका कुनै पनि सहरलाई उक्त सूचीमा समावेश गरेको छैन । – बीबीसी र मर्सर डटकम बाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6