Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउइघुर बारेको अनुसन्धानात्मक रिपोर्टिङ गर्ने भारतीय मूलकी पत्रकार मेघा राजगोपालन सम्मानित

उइघुर बारेको अनुसन्धानात्मक रिपोर्टिङ गर्ने भारतीय मूलकी पत्रकार मेघा राजगोपालन सम्मानित


नयाँ दिल्ली,काठमाडौं । चीनमा अल्पसंख्यक उइघुरबारे अनुसन्धानात्मक रिपोर्टिङ गर्ने भारतीय मूलकी पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानित भएकी छिन् । भारतीय मूलकी पत्रकार मेघा राजगोपालनले चीनमा अल्पसंख्यक उइघुरको अबस्थाबारे अनुसन्धानात्मक रिपोर्टङ गरेका कारण पुलित्जर पुरस्कारद्धारा सम्मानित भएकी हुन् ।

चीन सरकारले अल्पसंख्यक उइघुरहरुलाई श्रमशिविरमा बन्दी बनाएको तथा दमन गरेकोबारे राजगोपालनले अनुसन्धानात्मक समचार तयार गरेकी थिईन् । अमेरिकास्थित बजफिड डिजिटल मिडियाकी पत्रकार राजगोपालनले सन् २०१७ मा चीनको सिन्यिाङमा उइघुरहरुबारे स्थलगत रिपोर्टिङ गरेकी थिइन् । उनीसँगै उनको टोलीका दुई जना पनि पुरस्कृत भएका छन् ।

हालसम्म प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा भारतीय मूलका दुई पत्रकारहरु सम्मानित भएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकास्थित टाम्बा बे टाईम्सका पत्रकार तथा भारतीय मूलका नेल बेदी पनि पुलित्जर पुरस्कारद्धारा पुरस्कृत भइसकेका छन् । स्रोतः द हिन्दु



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6