Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअसार १५ अर्थात धान दिवसको उत्साब, कहिले देखी बढ्ने उत्पादकत्व ?

असार १५ अर्थात धान दिवसको उत्साब, कहिले देखी बढ्ने उत्पादकत्व ?


काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । नेपाली किसानहरुले विषेश महत्वकासाथ मनाएका छन् । नेपालका किसान संघ–संगठनहरुसँगै सरकारले समेत धान दिवसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । १७ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेको हो । नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले पनि असार १५ वा धान दिवस एक उत्सवका रुपमा मनाउने गरिएको छ ।

धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैको ध्यान किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाल लगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ । असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् । यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्वका रुपमा समेत असार पन्ध्रले महत्व पाउने गरेको छ ।

खेतीयोग्य जमिन दैनिक रुपमा प्लटिङ हुँदा उत्पादन घट्दै गएको भने परनिर्भरता समेत बढिरहेको छ । समय परिवर्तन भएर खेती किसानीको रौनक, आनन्द र महिमा कम हुँदै गएको छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो क्रममा छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै गएको देखिन्छ । जलवायु परिवर्तनका कारण हाम्रो वर्षा असार १५ कै आसपारमा सुरु हुनुभन्दा पनि केहि अघि वा पछि सरेको छ । अझ हाम्रो मुख्य खाद्य वाली धानखेतिसँग जोडिएका चुनौतिहरु त पहाडसरी छन् । अहिले पनि असार १५ को चर्चा गरिरहँदा विभिन्न जिल्लामा भइरहेको मल, विउ तथा सिंचाइको अभावका बारे पनि ध्यान जान सकेको छैन । तैपनि एकदिन हिलोमा पसेर असार १५ को उत्सब मनाउने होड राजनीतिकर्मी, कलाकारदेखी आम सर्वसाधारणमा बढ्दै क्रममा छ ।

यस्तो छ, नेपालको कृषीको अवस्था
यनेपालको कुल क्षेत्रफलमध्ये ३० लाख ९१ हजार हेक्टर खेतियोग्य जमिन रहेको छ खेतियोग्य जमिनको करिब १८ प्रतिशत बाँझो रहेको आँकलनगरिएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा खेतीहुदैँ आएको छ । वर्षेनी ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादनहुदै आएको छ । कुलग्राहस्र्थ उत्पादनमा धानको करिब ५ प्रतिशत योगदान भए पनि सिँचाइको अभावउत्तिकै छ । सिचाइको अभावमा आकाशे पानीको भरमाधान खेतिगर्नुपर्ने बाध्यता छ । कृषकलाई राहतदिने सरकारले घोषणा गरे पनि कागजमै सिमित छ । ६२ प्रतिशत मानिस कृषिमा संलग्न भएपनि सिचाइको अवस्था दयनीय छ ।

यस्तो छ, धान खेतिको इतिहास
धानको उत्पति र खेतिको पहिलो अभ्यासको वास्तविक समयबारे एकिन नभए पनि एशियाबाटै मानव सभ्यता र धानखेतिको विकासक्रम सुरु भएको पाइन्छ । धान खेतिको प्रारम्भ लगभग ६ हजार बर्षअघि एशियाको हिन्दकुश हिमालयको फेदमा भएको इतिहास पाइएको छ । धान खेती एशियामा खेती प्रणालीसँगै भित्रेको दिगो बाली हो । त्यसैले एशियाली सभ्यता धानको खेतिको सुरुवातसँगै अगाडि बढेको पाइन्छ ।

नेपाल र भारतमा आर्यन सभ्यताको विकास भएकै समयमा खेति गरिएको इतिहास पाइन्छ । यसका साथै पूर्वी एशियामा पनि धानखेती आजभन्दा करीव ३ हजार बर्षअघि नै सुरु भएको इतिहास छ । विस्तारै मध्य एशिया र यूरोपमा फैलिएको यो वाली युरोपमा लगभग २ हजार बर्षअघि र अमेरिकामा ३ सय बर्षअघि मात्रै सुरु भएको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6