Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोकाकोला इन्डियाको उपाध्यक्षमा देवयानी राणा नियुक्त

कोकाकोला इन्डियाको उपाध्यक्षमा देवयानी राणा नियुक्त


काठमाडौं । देवयानी राज्यलक्ष्मी राणा कोकाकोला इन्डियाको उपाध्यक्ष नियुक्त भएकी छिन । कम्पनीले उनलाई कोकाकोलाको भारत तथा दक्षिणपश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्टका रुपमा नियुक्ति दिएको हो।

राणाले विगत २५ वर्षदेखी सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट क्षेत्र, रणनीतिक योजना तर्जुमा, व्यवसायिक वकालत, जोखिम व्यवस्थापन संचार, सामाजिक उत्तरदायित्व बहन तथा दिगोपनका क्षेत्रमा काम गरेको अनुभव संगालेकी छन्। विभिन्न क्षेत्रबाट बटुलेको लामो अनुभवबाट फाइदा लिने विश्वास कम्पनीले गरेको छ।

ब्याचलर डिग्री भारतको लेडी श्री राम क्याम्पसबाट पूरा गरेकी राणाले त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकि छन् । राणाले लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा उच्च अध्ययन गरेकी छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6