Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसबै अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुला गर्ने नेपाल सरकारको निर्णय

सबै अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुला गर्ने नेपाल सरकारको निर्णय


काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साँझको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । बुधबार सरकारका प्रवक्ताले उडान खुला भएको बारे थप जानकारी दिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । यो निर्णयसँगै अबको उडान तालिका कोरोना पूर्वको समय जस्तै हुनेछ । अब नेपाललाई रोक नलगाइएका मुलुकमा उडान सुचारु हुनेछन् । अहिले अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपालमाथी यात्रा प्रतिबन्ध लगाएका छन् । सरकारले उडान खुला गरेपनि यात्रा प्रतिबन्ध लगाइएका देशमा तत्काल उडान हुने सम्भावना देखिदैन । जर्मनीले भने नेपाललाई लगाएको प्रतिबन्ध बुधबारदेखि खुला गर्ने निर्णय गरिसकेको छ ।

कोरोनाको दोस्रो लहरको कारण बैशाख २० गतेदेखि उडानहरु बन्द थिए । मन्त्रिपरिषद्ले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान बैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो । ६९ दिनपछि अर्थात बिहिकारबाट आन्तरिक उडान ५० प्रतिशत अकुपेन्सीसहित संचालनमा आएका छत् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6