Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsबुबाले गरे छोरीका प्रेमीको क्रुर हत्या

बुबाले गरे छोरीका प्रेमीको क्रुर हत्या


इस्लामाबाद । पाकिस्तानको गुज्रनवालामा एक व्याक्तिले आफ्नो छोरीको प्रेमीको क्रुर हत्या गरेका छन । पाकिस्तानको गुज्रनवालामा आफ्नो छोरीसँग बिवाह गर्न खोज्ने व्याक्तिलाई तरिक याकुबले हत्या गरेको मृतकका दाईले दाबी गरेका छन् ।

३० बर्षीय रिज्वनले आफ्नो छोरीसँग बिवाह गर्न खोजेको बिषयमा याकुबले उनको हत्या गरि गुज्रनवाला नजिकै नहरमा फालेको बताईएको छ । याकुबले रिज्वनको हत्यापछि शरिर टुक्रा टुक्रा पारी नहरमा फालेको बताईएको छ । रिज्वन उनको प्रेमिकाको घरमा गईरहने गरेको तर हत्यापछि केटीका बुवाले रिज्वन आफ्नो घरमा नआएको दाबी गरेका छन् । मृतकका दाईले हत्यामाथि निष्पक्ष छानबीनको माग गरेका छन् ।

पाकिस्तानमा यस्ता बिषयमा महिलामाथि मात्र नभई पुरुषहरुमाथि पनि हिंसा हुने गरेको छ । पाकिस्तानमा आफ्नो परिवार र कुलको सम्मान जोगाउन भन्दै यस्तो प्रकारको घटनालाई वैध रुपमा लिईने गरेको पाईन्छ । स्रोत : पाकिस्तान डेली



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6