Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपूर्वाधार लगानी वृद्धि गर्न भारतीय अर्थमन्त्री सिथारमनको आग्रह

पूर्वाधार लगानी वृद्धि गर्न भारतीय अर्थमन्त्री सिथारमनको आग्रह


एजेन्सी। भारतीय अर्थमन्त्री निर्मला सिथारमनले पूँजीगत व्ययको लक्ष्य भन्दा धेरै खर्च गर्न तथा व्यवहारिक परियोजनाका लागि सार्वजनिक नीजि साझेदारीको खोजी गर्न विभिन्न मन्त्रालयहरुलाई आग्रह गरेकी छन् ।

पूर्वाधार रोडम्यापबारे छलफलमा वरिष्ठ सरकारी अधिकारीहरुसँग छलफलमा अर्थमन्त्री सिथारमनले पूँजीगत खर्चभन्दा धेरै खर्च गर्न तथा व्यवहारिक परियोजनामा जोड दिन विभिन्न मन्त्रालयलाई आग्रह गरेकी हुन् । सबै मन्त्रालय तथा उसका मातहतका केन्द्रिय सार्वजनिक क्षेत्रका उधोगहरुले लघु, साना तथा मझौला कम्पनीहरुको शुल्क समयमै बुझाउनुपर्ने अर्थमन्त्री सिथारमनले आग्रह गरिन । अर्थमन्त्रीले पूर्वाधार रोडम्यापबारे गरेको यो पाचौँ समिक्षा बैठक हो । मन्त्रालयहरु र उसका मातहतका केन्द्रिय सार्वजनिक क्षेत्र उधोगको पूँजीगत खर्च, बजेट घोषणा कार्यन्वयनको अवस्था र तिब्र पूर्वाधार लगानी बिषयहरुमा छलफल भएको बताईएको छ ।

विभिन्न मन्त्रालयहरुको पूँजीगत खर्चको समिक्षा गर्दै अर्थमन्त्री सिथारमनले कोरोना माहामारी पछिको अर्थतन्त्र पुनर्जिवित गर्न पूँजीगत खर्च वृद्धिले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । पूर्वाधार लगानीमा नीजि क्षेत्रलाई पनि सबै प्रकारको सहायता गर्न अर्थमन्त्री सिथारमनले मन्त्रालयहरुलाई आग्रह गरेकी थिइन । स्रोतः रिडिफ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6