Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअन्टार्टिका माहादेशमा भारतीय वैज्ञानिकहरुले पत्ता लगाए नयाँ काई प्रजाति

अन्टार्टिका माहादेशमा भारतीय वैज्ञानिकहरुले पत्ता लगाए नयाँ काई प्रजाति


नयाँ दिल्ली । भारतीय वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका छन् । भारतको पञ्जाबस्थित वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका हुन् ।

वैज्ञानिकहरुले उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिएका छन् । भारती नामले पनि चिनिने देवी सरस्वतिको सम्मानमा उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिइएको वैज्ञानिकहरु बताउँछन् । यधपी, भारतको अन्टार्टिका स्थित भारती नामको स्टेसन पनि स्थापना छ । वैज्ञानिकहरुको समुहले काई प्रजातिको अन्वेषणबारे एक जर्नलमा उल्लेख गरेका छन् ।

सन् १९८१ मा अन्टार्टिका स्थित वैज्ञानिक मिसन शुरु गरेको भारतको यो पहिलो र एक मात्र वनस्पति प्रजातिको अन्वेषण हो । अन्टार्टिका माहादेशमा भारतले सन् १९८४ मा पहिलो स्टेसन दक्षिण गंगोत्री स्थापना गरेको थियो । स्रोत द प्रिन्ट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6