Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदक्षिण कोरियामा मजदूरको मासिक तलब २ लाख नेपाली रुपैयाँ पुग्यो

दक्षिण कोरियामा मजदूरको मासिक तलब २ लाख नेपाली रुपैयाँ पुग्यो


सोल । दक्षिण कोरियामा कार्यरत नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदूरको न्यूनतम तलब बृद्धि भएको छ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा बसेको ज्याला निर्धारण समिति बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो । यो बृद्धिसँगै हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन मजदुरले पाउने भएका छन् ।

सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनमा ४४० वन वृद्धि हुनेछ । अब हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन कमाइ हुनेछ । यो तलब झण्डै नेपाली दुई लाख रुपैयाँ बराबर हो । न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुन्छ । न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदूरका तर्फका प्रतिनिधिले आठ हजार ७२० वनबाट १० हजार वन बनाउन माग राख्दा व्यवसायी तर्फका प्रतिनिधिले आठ हजार ७२० नै कायम गर्नुपर्ने अडान लिएका थिए । कोरोना महामारीका कारण व्यवसाय धरापमा परेको भन्दै उनीहरुले ज्याला बढाउन नहुने मत जाहेर गरेका थिए । मजदूरका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४४० वन वृद्धि गर्न प्रस्ताव गरे अनुसार सहमति जुटेको थियो ।

प्रतिघण्टा ४४० वनको वृद्धि भनेको पाँच दशमलव ०४६ प्रतिशतको वृद्धि हो । कानूनीरूपमा न्यूनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्दछ । मजदूरका लागि महिनाको १० हजार वन पुर्‍याउने चुनावी लक्ष्य राखेका राष्ट्रपति मुनजे इन कार्यकालको अन्तिम अन्तिम चरणमा पुग्दा पनि सफल हुन सकेनन् । तैपनि मुन जे इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, सन् २०१९ मा १०.९ प्रतिशत, सन् २०१९ मा २.९ प्रतिशत तथा सन् २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १.५ प्रतिशत तलब वृद्धि भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6