Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपाकिस्तानबाट उपहरणमा परेकी अफगानी राजदुतकी छोरी ५ घण्टापछि अपहरणमुक्त

पाकिस्तानबाट उपहरणमा परेकी अफगानी राजदुतकी छोरी ५ घण्टापछि अपहरणमुक्त


इस्लामाबाद । पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरी अपहरणमा परेर केही घण्टापछि मुक्त भएकी छन् । पाकिस्तानका लागि अफगानी राजदूत नजिबुल्लाह अलिखेलकी छोरी सिलसिला अलिखेल अपहरण भएको पाँच घण्टापछि मुक्त भएकी हुन् ।

अपरिचित बन्दुकधारीहरुले उनलाई इस्लामाबादको ब्लू एरियाबाट अपहरण गरेको पाँच घण्टा सम्म कब्जामा राखी यातना दिएको बताईएको छ । अपहरण मुक्त भपछि उनी अस्पताल भर्ना भएकी छन् । अफगानी सरकारले अपहरणकारी पत्ता लगाउन र कारबाही गर्न माग गर्दै घटनाबारे पाकिस्तान सरकार समक्ष स्पष्टीकरण माग गरेको छ । अफगान सरकारले यस्तो जघन्य अपराधको निन्दा गर्दै पाकिस्तानमा आफ्ना कुटनीतिज्ञ र उनका परिवारहरुको सुरक्षाप्रति चिन्ता व्याक्त गरेको छ । स्रोत : ईण्डीया न्यारेटिभ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6