Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsजम्मु काश्मीर सरकारद्धारा आर्थिक क्षेत्र पुनरुत्थानका लागि अनुदान रकम स्वीकृत

जम्मु काश्मीर सरकारद्धारा आर्थिक क्षेत्र पुनरुत्थानका लागि अनुदान रकम स्वीकृत


श्रीनगर । भारतको जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि दुई सय पचास करोड रुपैँया अनुदान स्वीकृत गरेको छ। कोरोना माहामारी पछि उधोग तथा आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले दुई सय पचास करोड रुपैँया अनुदान स्वीकृत गरेको हो ।

जम्मु काश्मीर लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले उक्त अनुदान बजेट स्वीकृत गरी जम्मु काश्मीर बैंकलाई चेक हस्ताण्तरण गरेका छन् । जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि प्रदान गर्ने एक हजार तीन सय ५३ करोड रुपैँया अनुदान अन्तर्गत पछिल्लो समय दुई सय पचास करोड प्रदान गरेको हो । अनुदान हस्तान्तरण गर्दा जम्मु काश्मीर बैंकका अध्यक्ष तथा व्यावस्थापन निर्देशक आरके छिबर र विक्तिय विभागका आयुक्त अरुन कुमार मेहता उपस्थित थिए ।

जम्मु काश्मीर सरकारले यसअघि पनि पाँच सय करोड अनुदान वितरण गरिसकेको छ । कोरोना माहामारी पछि आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले गत बर्ष सेप्टेम्बर मा अनुदान रकम प्रदान गर्ने घोषणा गरेको थियो । स्रोत ईण्डीया ब्लुम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6