Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनियम परिवर्तन गर्दै पर्यटन क्षेत्रलाई चलायमान गराउन सरकारसँग व्यवसायीको माग

नियम परिवर्तन गर्दै पर्यटन क्षेत्रलाई चलायमान गराउन सरकारसँग व्यवसायीको माग


काठमाडौं । नेपाली पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनले ओगटेको छ । विश्वमा चर्चित पदमार्गहरूले नै समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाउँदैआएको छ । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढिरहेको समयमा अझै खुला हुन सकेका छैनन । नेपालमा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएका कारण ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्रा पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

नेपालबाहिर धेरै देशले आफ्ना नागरिकलाई खोपको पूरा मात्रा लगाएर पर्यटकिय गतिबिधिलाई सूचारु गराईसकेका छन् । यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकाले क्वरेण्टीन बस्नुनपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग माग गर्न थालेका छन् ।

ट्रेकिङ एजेन्सीको छाता संस्था (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वरेण्टीन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताउनुभयो । एक जना पर्यटक पदयात्रामा जाँदा कम्तीमा २० जनाले रोजगारी पाउने र सोही माध्यमबाट कतिपयले अर्थोपार्जन गर्ने गरेका छन् । साहसिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्न सके पर्यटन सिजनसँगै चलायमान बनाउन सजिलो हुने अध्यक्ष सुवेदी बताउनुहुन्छ ।

डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोना महामारिसँगै थलिएको छ । सङ्क्रमणको जोखिम कम भएका देशबाट नेपालबारे चासो बढ्न थालेको ट्राभल व्यवसायीले समेत बताउने गरेका छन् । सरकारले भिसा र क्वरेण्टीनको विषयमा निर्णय लिन ढिला गरे अधिकांश उठ्नै नसक्ने गरी थलिने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलेको थियो ।

अहिले सङ्क्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको सङ्ख्या बढिरहेकाले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध माग गरेका छन् । सुरक्षित तरिकाले पर्यटन क्षेत्रलाई चलायमान गराउन सकिन्छ भन्ने उदाहरण विश्वका धेरै देशले प्रस्तुत गरिसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6