Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविभिन्न कलेजको नाममा करोडौं ठगी गरेका सञ्जय झा कारागार चलान

विभिन्न कलेजको नाममा करोडौं ठगी गरेका सञ्जय झा कारागार चलान


काठमाडौं । विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा अहिले कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ झाले करोडौ रुपैयाँ ठगी गर्दै आएका थिए । करिब चार वर्षअघि धनुषाका प्रवीणकुमार झालाई काठमाडौँ स्थित केन्ट ग्रुपले केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट कलेजको शतप्रतिसत शेयर किनेर सञ्चालत गर्ने भनियो । र केन्ट ग्रुप तथा कलेजहरु (केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट तथा Welhams Education Network ) मा सञ्जय झाले व्यक्तिगत सम्झौता गराई प्रवीणकुमारलाई उक्त कम्पनीको सेयर दिने प्रलोभन दिए ।

केन्ट ग्रुपका अध्यक्ष दिपक प्रसाद मिश्र, संजय कुमार झाले लेखा शाखाका कर्मचारी मुकेश महर्जनको मिलोमतोमा प्रवीणकुमारलाई २ करोड रुपैयाँ माथिको रकम लगानी गर्न लगाए । तर प्रविणकुमारलाई सेयर भने दिईएन । धेरै पटकको प्रयास पश्चात पनि आफुले पाउनु पर्ने सेयर नपाएपछि र आफ्नो करोडौ रकम डुब्ने देखिएपछि पीडित प्रवीणकुमारले प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए । जाहेरी पश्चात सञ्जय झा र महर्जन गत भदौ ११ गते पक्राउ परे भने दिपक प्रसाद मिश्र हाल सम्म फरार नै रहेका छन् । रौतहटका सञ्जय झा बुद्धनगरस्थित केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, फर्ब्स कलेज चितवन लगायतका कलेजहरुको संचालक पदहरुमा कार्यरत छन् भने महर्जन केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट लगायतका लेखा अधिकृत हुन् ।

के छ प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा ?
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन अनुसार पिडित प्रवीणकुमारले सञ्जय झालाई केन्ट ग्रुप लगायतको खर्चहरुका लागि माइन्ड्स फ्रेम नामक कम्पनीबाट ४१ लाख ५० हजार रुपैयाँ, सिस्टम एनलाइसिस एन्ड सफ्टवेयर सोलुसनको नामबाट ७९ लाख ४३ हजार पाँच सय रुपैयाँ दिएको देखिन्छ । त्यसैगरी बाँकी ७९ लाख ४४ हजार ६ सय ३४ रुपैयाँ भने प्रवीणकुमारले आफ्नै नामबाट दिएको देखिन्छ ।

घरजग्गा ओम बिकास बैंक लगायत एन आइ सि एशिया बैंक मा धितो राखेर उक्त ग्रुप को तथा कलेजहरुको सेयरबापत तथा खर्चहरुको नाउमा लगानीगर्दै रकम दिएका प्रवीणकुमारले कलेजको सेयर भने कहिले पाएनन् तर दिपक प्र. मिश्र तथा संजय झा ले उक्त ग्रुपको कलेजहरु संचालक समिति सदस्यहरुसमेतलाई ओझेलमा पारि अरु संगै कलेज बिक्रि गरेको र कलेज धरान स्थान्तरण गरि कलेजका बिद्यार्थीहरु माथि समेत अन्याय गर्दै विभिन्न प्रकारका अनियमित कार्यहरु गरेका थिए । प्रवीणकुमारले दुई करोड रुपैयाँभन्दा धेरै रकम केन्ट ग्रुप तथा कलेजहरुको नाममा दिईसके । चार वर्ष बितिसक्यो, न प्रविनकुमारले सेयर पाए, न रकम नै फिर्ता पाए । घरजग्गा बैंकमा अझै धितो छ, र निजले जेनतेन बैंकको ब्याज तिर्दै निलामी बाट जोगाइ राखेका छन् |

के छ काठमाडौँ जिल्ला अदालतको आदेशमा ?
पक्राउ परेका सञ्जय झालाई जिल्ला अदालत काठमाडौँको आदेशमा एउटा मुद्दामा २२ लाख रुपैयाँको धरौटी र अरु दुई वटा मुद्दामा पुर्पक्षको लागि कारागार चलान गरिएको छ । त्यसैगरी मुकेश महर्जनको हकमा जिल्ला अदालत काठमाडौँले पचास हजारका दरले तिन वटा मुद्दामा एक लाख पचास हजार रुपैयाँको धरौटी आदेश जारी गरेको छ ।

को हुन सञ्जय झा ?
केन्ट ग्रुप लगायत केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, केन्ट इन्टरनेशनल कलेज, फर्ब्स कलेज चितवन लगायतका कलेजहरुको संस्थापक संचालक तथा विभिन्न पदिय जिम्मेबारीमा रहेका व्यक्ति हुन् । उक्त ग्रुपकै लगानीबाट रकम रकमान्तर गरि झा ले फोर्ब्स कलेजको शेयर आफ्नो व्यक्तिगत नामको शेयर दाखिला गराई अध्यक्ष को पदमा रहेको देखिएको छ । केन्ट इन्टरनेशनल कलेजको शेयर सदस्यहरुलाई समेत जानकारी नगराई उक्त कलेज धरानको लोकेन्द्र श्रेष्ठ संग किनबेचको सम्झौता गरि एक करोड रुपैँया रकम उठाएको देखिएको छ |

त्यस्तै वेलह्याम्स एजुकेशन नेटवर्क नामक कम्पनि / कलेजमा प्रबिण कुमारसंग प्रारम्भिक लगानी लिएर ललतिपुरका सुयोग्य मान तुलाधरलाई करोडौ रुपैंयामा बिक्रि गर्ने सम्झौता गरी झाले पुनः अर्कोलाई बिक्रि गरेको देखिन्छ | नेपालि राजनीतिमा पनि सञ्जय झाको राम्रै पहुच छ । नेपाली काग्रेसका सांसद अमरेस सिंहका आफ्नै बहिनिज्वाई हुन सञ्जय झा । झाले विगत सात वर्षदेखि जेठानको सांसद पदको पहुचको दुरुपयोग गर्दै शिक्षा मन्त्रालय समेतलाई प्रभावमा पार्दै आईरहेका थिए । सांसद अमरेश सिंहको पहुचको आडमा मन्त्रालय सम्बन्धित कलेजहरुका विभिन्न समस्या समाधान गराइदिने भन्दै समेत झाले विभिन्न व्यक्ति तथा समुह बाट करोडौ रकम उठाउने गरेका थिए ।

झाले एउतै नामको कलेजको लागि विभिन्न लगानीकर्ताहरुबाट रकम लगानी स्वरूप लिएको र उता मन्त्रालयलाइ प्रभावमा पारि आबश्यकता अनुसारको मन्त्रालयको पत्र बनाई विभिन्न लगानीकर्ताहरुलाई उपलब्ध गराएको देखिन्छ | सोहि पत्रको आधारमा लगानीकर्ताहरुले आ-आफ्नो ठाउँमा भर्ना समबन्धि बिज्ञापन तथा प्रचार प्रसार गरि बिद्यार्थी भर्ना समेत गरेका हुन् र पछि बुझ्दै जाँदा लगानीकर्ताहरुलाई नै गैरकानुनी गराउने उद्द्यश्यले उक्त कार्य झाबाट गराइएको देखिन्छ |
 
 
त्यसैगरी विश्वबिद्यालय (UNIVERSITY OF GEORGIA) को जानकारीमा समेत नरहेको कलेजहरु तथा बिध्यार्थीहरुकोलागि UNIES Education (M) Sdn. Bhd., मलेसियासंगको सह्कर्यतामा विभिन्न कलेजहरु (ICHM Nepal, NTP College) को परिक्षा संचालन र ICHM Nepal तथा ICHM Lalitpur को KSOU मा भर्ना भएका २०१३ ब्याचको बिद्यार्थीहरुका लागि लब्धाङ्क पत्र / ट्रान्सक्रिप्ट सम्मको समरुपता सहितको डिजाईन गर्नेदेखि वितरण गर्ने गराउने जस्ता गैरकानुनि कार्य समुहगत रुपमा समेत गर्दै आइरहेको देखिएको छ ।
  
उक्त कार्यलाई संस्थागत गर्ने क्रममा झाले UNIES Nepal Pvt. Ltd. (UNIES Nepal, Country Office, Lalitpur-17, Kathmandu, Nepal; Email: uniesnepal@gmail.com ) भन्ने कम्पनिको संचालक रही केहि युरोपियन विश्वबिद्यालयहरु (E. H. E. को परिक्षा संचालन देखि अन्य कार्यहरु समेत गराउने गरेको देखिएको छ | झाकै संयोजकत्वमा वितरण गरिएको लब्धाङ्क पत्र तथा ट्रान्सक्रिप्टको बैधताको लागि सम्बन्धित निकायहरुबाट हालसम्म कुनै किसिमको छानबिन भएको देखिदैन । काग्रेस सांसद अमरेशकुमार सिंहका बहिनि ज्वाई भएकै कारण जेठानको पद र शक्तिलाई दुरुपयोग गर्दै मन्त्रालयमा बनाएको पहुचका कारण झाले यस्ता अपराधिक क्रियाकलाप गर्दै आएको स्रोत बताउछ |
 
जेठान सांसद भएकै आडमा सञ्जय झाकोले बिभिन्न व्यक्ति तथा कम्पनिहरुलाई आफ्नो सिकार बनाउदै आइरहेका देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6