Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूको प्रदर्शन

संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूको प्रदर्शन


न्युयोर्क, काठमाडौं। संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरू भेला भएर प्रदर्शनमा उत्रिएका छन् । अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै महिलाका धेरै अधिकार खोसेको बिरोधमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका महिलाहरुले अधिकार स्थापित गर्नका लागि राष्ट्रसङ्घलगायत विश्वको ध्यान केन्द्रित गर्न यस्तो कदम चाल्नु परेको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न अफगानिस्तानमा रहेका महिलाहरूलाई आह्वान समेत गरेका थिए । तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर सरकार बनाएपछि महिलाहरूलाई रोजगार बन्नबाट रोकिएको, सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नदिने, शैक्षिक संस्थाहरूमा सहजै अध्ययन अध्यापन गर्न नदिने, छुट्टै कक्षामा बस्नु पर्नेलगायतका व्यवस्था गरेपछि विश्वभरीबाट यसको विरोध भइरहेको छ ।

महिला अधिकारका बारेमा निरन्तर आन्दोलन भैरहेको बेला अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल बाँकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउनुपर्ने निर्देशन दिएपछि थप बिरोध चुलिएको छ । शरिया कानुन लागू गराउने मुख्य उद्देश्यका साथ विद्रोह गरेको तालिबान समूहले सरकार बनाएसँगै शरिया कानुनअनुसार नै प्रतिबन्धात्मक व्यवस्थाहरू कार्यान्वयनमा ल्याउन थालेको छ ।

नयाँ व्यवस्थानुसार केही अफगान महिलाले आफ्नो शिर र आँखासमेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् । केन्द्रीय राजधानी काबुलसहितका सहरहरूमा यस्तो लगाएका महिलाहरू देखिन थालेका छन् । कतिपय महिला अधिकारकर्मीदेखी आम सर्वसाधारणसम्मले शिक्षा, रोजगारीमा अनावश्यक बन्देज स्विकार्य नहुने भन्दै आन्दोलनमार्फत सरकारलाई दबाब दिइरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6