Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन जमानतमा जेलमुक्त

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन जमानतमा जेलमुक्त


एजेन्सी । लागुऔषध मुद्दामा २७ दिनदेखी थुनामा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान शनिबार जेलमुक्त भएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान नमानतमा आर्थर रोडस्थित जेलबाट निस्किनुअघि नै शाहरुख खानका बडीगार्ड रवि लिन पुगेका थिए ।

छोरालाई लिन शाहरुख खान आफैं आर्थर रोडस्थित आर्यन रहेको जेल पुग्ने बताइएपनि शनिबार देखिएनन् । आर्यनको जमानत आदेश शुक्रबार साँझ नै जेलको जमानत बाकसमा पुगेको थियो । अधिवक्ता सतीश मानसिन्दे आफैं अदालतबाट जमानतको कागजपत्र लिएर आर्थर रोड जेल पुगेका थिए भने अभिनेत्री जुही चावलाले अदालत पुगेर आर्यनको जमानतमा हस्ताक्षर गरेकी थिइन् ।

आर्यन जेलबाट बाहिर आउने निश्चित भएपछि उनको घर ‘मन्नत’ भित्र र बाहिर उत्सवको माहोल देखिएको थियो । दिनभरि घरबाहिर फ्यानहरूले घेरेका थिए । Photo: aajtak



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6