Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच उपलब्धी बिहिन भेटवार्ता !

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच उपलब्धी बिहिन भेटवार्ता !


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफैले भेटकोे प्रशंसा गरेपनि दुई देशबिच जारी मतभेद र तनाव अन्त्यका ठोस प्रगति हुन सकेन । सन् २०१८ यता अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच जेनेभामा बुधबार राती भेतवार्ता भएपनि मतभेद अन्त्यको ठोस उपलब्धी हुन नसकेको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले मतभेदहरु वार्ताको क्रममा राखिएको भने बताउनुभएको छ । मतभेदहरु अतिशयोक्तिपूर्ण तवरले नराखिएको दाबी गर्दै राष्ट्रपति बाइडेनले रुस अर्को शितयुद्धको पक्षमा नरहेको जिकिर गर्नुभएको छ । रुसी राष्ट्रपति पुटिनले बाइडेन अनुभवी राजनीतिज्ञ रहेको र आफूहरुबिच वार्ताको क्रममा ‘भाषिक समानता’ रहेको बताउनुले समेत अबको सम्बन्ध र भेटवार्ता निकासउन्मुख हुने अपेक्षा गरिएको छ । बाइडेन र पुटिनबिच तीन घण्टा भेटवार्ता भएको थियो । तयारी गरिए भन्दा यो छोटो अवधि भनिएको छ । कुराकानी गरेर थप समय खर्चिनुको आवश्यक नरहेको र रुससँगको सम्बन्ध सुधार हुने कुनै ठोस सम्भावनाहरु पनि नपाइएको बाइडेन प्रशासनले बताइरहँदा भेटका क्रममा पुटिनलाई कस्टम मेड एभिएटर सनग्लासेज उपहार स्वरुप दिइएको थियो । पुटिनले भने बाइडेनलाई कुनै उपहार दिए नदिएको एकिन छैन । सन् २०१८ मा पुटिनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिनल्याण्डको हेलसिन्कीमा भेटहुँदा फुटबल उपहार दिनुभएको थियो ।

बाइडेन र पुटिनको भेटमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा वार्ता जारी राख्ने सहमति भएको छ । गएको मार्चमा दुवै देशले आफ्ना राजदूत फिर्ता बोलाएकोमा अमेरिका र रुसले पुनः आआफ्ना राजदूतहरु पठाउने भएका छन् । अमेरिकी कम्पनी तथा सरकारी निकायमा हुँदै आएका साइबर आक्रमण, युक्रेन तथा रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै निधन भएको खण्डमा भने रुसले गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी बाइडेनले दिएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6