Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsश्रीमतीलाई बचाउन ७१ वर्षीय मान्ते शाहीको अस्पतालबाट हारगुहार, गर्दैछन सहयोगको आश !

श्रीमतीलाई बचाउन ७१ वर्षीय मान्ते शाहीको अस्पतालबाट हारगुहार, गर्दैछन सहयोगको आश !


काठमाडौँ– मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाही श्रीमती हाँसु शाहीको औषधि उपचार गर्न यतिबेला ललितपुको पाटन अस्पतालमा आइपुग्नु भएको छ । ६७ वर्षीय श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक उपचार गर्न काठमाडौं उपत्यकामा आएको शाहीले बताउनुभयो ।

यतिबेला ऋण, सापट र बृद्धभत्ता जोरजाम गरेर बोकेको पैसा सकिएको छ । आफै अरूको सहारा बन्नुपर्ने बेलामा श्रीमतीको सहारा बनिरहेका ७१ वर्षीय शाही उपचारका लागि सहयोगको हात थापिरहनु भएको छ । गाउँबाट ऋण सापट गरी ल्याएको रकम काठमाडौं आउँदा बाटोमै सकिँयो, श्रीमतीको औषधि उपचार गर्न निक्कै समस्या भएको छ । औषधिको जोहो गर्न अस्पतालको गेटमा छटपटाइरहेका उहाँले पीडा सुनाउनुभयो– ‘रुपैयाँ छैन । डाक्टरले यो औषधि किन्नु पर्यो त्यो औषधि किन्नु पर्यो भन्नु हुन्छ, अस्पतालको बेडमा रहेकी श्रीमतीको मुख हेर्दै आँसु पुच्नु बाहेक आफूसँग अन्य विकल्प नै बाकी रहेन ।’ दमकी बिमारी शाहीकी श्रीमती पाटन अस्पतालको बेडमा छटपटाई रहनु भएको छ । यता बृद्ध शाही आफ्नै भोक मेट्नसमेत गाह्रो भइरहेको बताउनुहुन्छ ।

बिमारी श्रीमती बोकेर गत मंसिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुग्नुभएका शाही केहीदिन नेपालगञ्जमै आफन्तकोमा डेरा गरेर बस्नुभयो । त्यही श्रीमतीको उपचार समेत गर्नुभएका शाही काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने आशमा काठमाडौँ आउनुभएको बताउनुहुन्छ । आफन्तले पाटन अस्पताल पु¥याएर भर्ना गरिदिएको भएपनि यतिवेला आर्थिक अभावले श्रीमतीको उपचारमा समस्या भइरहेको छ ।

पाटन अस्पतालको तीन तलामाथि आइसियू रुमको ७ नम्बर बेडमा ६७ वर्षीय हाँसु शाहीको उपचार भइरहेको छ । वृद्ध शाही दिनको दर्जनौं पटक तलमाथि गर्नपनि नसक्ने अवस्थाका छन् । तर के गर्नु श्रीमत बचाउन शाही सकिनसकि ओहोरदोहोर गरिरहनु हुन्छ । चिकित्सकले अक्सिजन दिएर उपचार गरिरहेका भए पनि शाहीलाई औषधिकै जोहो गर्न पैसाको निकै समस्या छ । काठमाडौंमा ज्यालामजदुरी गर्दै गुजारा गर्ने उहाँको छोरी ज्वाइँ पनि यतिबेला अस्पतालमै छन् । छोरी ज्वाईले समेत भएको पैसा उपचारमै सकाएका छन् ।

आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन शाही समेत अस्पतालमा आइपुगेका छन् । घरमा भएको, ऋण, सरसापटको सबै पैसा सकिएको छ । आँखाबाट आँशु झार्दै बृजन भनिरहेका छन– ‘अब आमालाई कसरी बचाउने ?’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6