अस्ट्रेलियाको निर्माण क्षेत्रमा १३ लाख ७१ हजारभन्दा बढी कामदार, साताको कमाइ १,६०० डलर
अस्ट्रेलियाको निर्माण क्षेत्रमा १३ लाख ७१ हजार ५०० जना कार्यरत रहेका छन्।
जब्स एन्ड स्क्ल्सि अस्ट्रेलियाका अनुसार देशको कुल रोजगारीको ९.३ प्रतिशत हिस्सा निर्माण क्षेत्रले ओगटेको छ। यस क्षेत्रमा पूर्णकालीन कर्मचारीको साप्ताहिक मध्यक आम्दानी १,६०० अस्ट्रेलियन डलर रहेको छ।
निर्माण क्षेत्रमा महिलाको सहभागिता १३ प्रतिशत छ भने १४ प्रतिशत कामदार पार्टटाइम कार्यरत छन्। यो फेब्रुअरी २०२६ सम्मको तथ्यांक हो।
निर्माण क्षेत्रमा काम गर्नेहरूको मध्यक उमेर ३७ वर्ष रहेको जनाइएको छ।














तपाईको प्रतिक्रिया