Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : तपाईले पढ्न छुटाउनुभयो कि आजका यी प्रमुख ५ खबर !

नेपाल अपडेट : तपाईले पढ्न छुटाउनुभयो कि आजका यी प्रमुख ५ खबर !


काठमाडौं । नेपालको राजनीतिमा अमेरिकी विकास सहयोग सम्बन्धी परियोजना एमसीसीले पारेको प्रभाव, विपद्धको जोखिमसँगै ब्यहोर्नुपरिरहेको क्षती, फाइजर खोपको दोश्रो मात्रा खोप अभियान, कोरोना महामारिको प्रतिबन्ध खुकुलो बनाइएका लगायत नेपालका पछिल्ला प्रमुख ५ खबर यस्ता छन् ।

एमसीसी अनुमोदनको विषयले नेपाली राजनीति थप तरंगित
एमसीसी अनुमोदन गर्नुपर्ने विषयले नेपाली राजनीति थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिना लामो संवादहिनता तोड्दै बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका ओलीले शीर्ष नेतृत्वबीचको संवादहीनता तोडन भुमिका खेलेपनि एमसीसीको अन्योल तत्काल हट्ने देखिएको छैन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने यो संवादमा अनुपस्थित रहनुभएको छ । एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्याउने विषयमा सकारात्मक छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरिरहँदा बैठकमै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनपछि मात्र एमसीसीको विषय प्रतिपक्षसहित उठाउन सहज हुने बताउनुभएको छ । यता, एमाले महासचिव शंकर पोख्रेलले भने प्रधानमन्त्रीले एमसीसीलगायत विषयलाई अघि बढाउन सहयोग मागेको भएपनि पहिला राष्ट्रिय मामलाका विषयमा सत्तापक्ष एकमत हुनुपर्ने र सत्तापक्ष स्पष्ट भएपछि मात्रै एमाले धारण बनाउने जवाफ दिइएको बताउनुभएको छ ।

नेपालमा विपद्धका घटना, नौ महिनामा ४५६ को मृत्यु
पछिल्लो साढे नौ महिनामा विपद्का घटनामा परी नेपालमा चार सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि माघ २३ गते आइतबार बिहानसम्ममा विपद्का घटनामा ४५६ जनाको मृत्यु भएको हो । यो अवधिमा ७५ जना बेपत्ता भएको बताइएको छ । विभिन्न प्रकोप तथा विपद्माबाट दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । पछिल्लो साढे नौ महिनामा देशभर तीन हजार एक सय ५९ वटा विपद्का घटना रेकर्ड भएका छन् । पहिरो, बाढी, भारी वर्षा, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आक्रमण, महामारी, हिउँहुरी, हिउँपहिरो, भूकम्पलगायतका घटनाले यति ठूलो क्षति गरेको बताइएको छ । पहिरोबाट सबैभन्दा बढी एक सय ८० जनाले ज्यान गुमाउँदा, बाढीका कारण ६३ जनाले ज्यान गुमाएका छन् । एक हजार सात सय २० वटा आगलागीका घटनामा परी ६१ जनाको मृत्यु भएको पाइएको छ ।

आजबाट काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा लगाइदै
काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन थालेको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले ३२ वटा वडामार्फत नै फाइजरको दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाएको हो। काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन हुने जानकारि दिनुभयो। खोप केन्द्रमा लक्षित समूहमा पर्ने १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकालाई पहिलो मात्रा खोप लगाएको खोप कार्डसहित आउन आग्रह गरिएको छ ।

हट्यो काठमाडौं उपत्यकाको जोर–बिजोर प्रणाली
कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकाका निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेसँगै सडकमा बिहानबाटै सवारि साधनको चाप बढेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो । पछि सार्वजनिक बसको जोर–बिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र सिमित राखिएको थियो ।

फागुन १ बाट काठमाडौं उपत्यकामा स्कूल कलेज खुल्ने
आगामी फागुन १ गतेबाट कोरोनाका कारण बन्द गरिएका काठमाडौं उपत्यकामा स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने निर्णय गरेका हुन । यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6