Monday, 26 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ ई–सेवामा बोनस रकम पाइन्छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने दुई जना पक्राउ

ई–सेवामा बोनस रकम पाइन्छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा ५० हजार जम्मा गरेमा दुई हजार पाँच सय रुपैयाँ बोनस पाइन्छ भन्दै रकम जम्मा गर्न लगाइ ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जानकारि दिएको छ । प्रहरीले बोनस वा कमिसनको प्रलोभनमा नपार्न सबैलाई सचेत समेत गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-26' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6