Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगोलीसहित जापान जाँदैगर्दा पक्राउ परेकी युवती अनुसन्धानको दायरामा, तपाई पनि सचेत हुने कि !

गोलीसहित जापान जाँदैगर्दा पक्राउ परेकी युवती अनुसन्धानको दायरामा, तपाई पनि सचेत हुने कि !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार १ (एक) राउण्ड गोलीसहित जापान हिडेकी एक महिला पक्राउ परिन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी तनहुँ जिल्लाको भानु न.पा.वडा ७ की २७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

विमानस्थल प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा जाँचगर्ने क्रममा कालो रंगको मनि पर्स भित्र गोली फेला परेको थियो । अहिले पक्राउ परेकी युवतीमाथी अदालतबाट पाँच दिनको म्याद थप गरेर महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धानपछि हातहतियार खरखजाना ऐन अन्तर्गतको यो मुद्धा जिल्ला प्रशासन कार्यालयमा पुग्नेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले केश नआएको भएपनि कसुर कुन प्रकृतिको हो, कुन उद्देश्यले गोली बोकिएको हो सो को एकिन गरेर आवश्यक निर्णय लिइने जानकारि दिएको छ ।

किन बोकिएको थियो त पर्समा एक थान गोली?
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाले उक्त गोली सामाजिक परम्परा अनुसार बच्चाहरुलाई आँखा नलागोस, छल नहोस भन्ने मान्यता अनुसार गलामा वा कम्मरमा लगाइदिने उद्देश्यले लगिएको दाबी गरेकी छिन् । महानगरिय प्रहरी बृत्त गौशालाका प्रमुख केशव भट्टराईले प्रारम्भिक बयानमा सामाजिक परम्परा र व्यवहारिक प्रयोगको कुरा आएपनि गोली बोक्नुको उद्देश्यमाथी अनुसन्धान भैरहेको जानकारी दिनुभयो । प्रहरीले अनुसन्धान सकेर यो मुद्धा जिल्ला प्रशासन कार्यालय पठाउने जानकारि उहाँले दिनुभयो ।

विशेषगरि लाहुरे परिवार अर्थात मंगोलियन जातीमा गोली गलामा लगाउँदा वा कम्मरमा बाधिदिदा आँखा नलाग्ने, ठूला समस्याहरु आइनपर्ने भन्ने परम्पराले प्रयोग भैसकेको वा नभएको गोली बालबालिकामा लगाइदिने गरिन्छ ।

तपाईहरु यी कुरामा सधै सजक हुनुहोस्
अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउँदा होस वा नेपालबाट बाहिरिदा अध्यागमन नियम अनि सरकारले बेलाबेलामा जारी गर्ने ट्राभल एड्भाइजरीलाई बिशेष ख्याल गर्नुहोला । गोलीगठ्ठा वा बिष्फोटक पदार्थको ओसार पसार, सरकारले दिएको अनुमती भन्दा बढी विदेशी मुद्रा बोक्ने काम, लागू औषध, ठूलो परिमाणको सुन लगायतका प्रतिबन्धित सरसामान नबोक्नुहोस् । यदी तपाई आफूले नबोके पनि अरुले आफन्तलाई लगिदिन भन्दै दिएको पार्सललाई समेत आवश्यक जाँच गरेर बोक्ने बानीको विकास गर्नुहोस् । ता कि भोली तपाईले अनाहकमा सजाय भोग्नु नपरोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6