Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाँढे ३३ किलो सुन तस्करी प्रकरणः ६ जनाविरुद्ध जन्मकैद, ४८ जनालाई सफाइ

साँढे ३३ किलो सुन तस्करी प्रकरणः ६ जनाविरुद्ध जन्मकैद, ४८ जनालाई सफाइ


काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर हुँदा ४८ जनाले सफाइ पाएका छन् । यो घटनाको अनुसन्धानका क्रममा साँढे ३३ किलो सुन तत्काल पहिचान गर्ने दाबी गरियो । योसँगै ३८ क्वीन्टल सुनको अबैद्य ओसारपसारको सम्बन्ध जोडिएको दाबीसहित ठूला माछा समात्ने चर्चा चलाईयो । तर ८ जनालाई मात्रै दोषी करार गर्दै आएको फैसलाले प्रहरी, प्रशासन, अदालत र सिङ्गो राज्यलाई नै पङ्गु साबित गरिदिएको छ ।

यी हुन जन्मकैद पाउने अभियुक्तहरु
गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई मोरङ जिल्ला अदालतले तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् ।

यी हुन मुद्दा मुल्तबीमा राखिएकाहरु
सुन मुद्दा लागेका सुरेन्द्र गौतम, मोहम्मद सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, मोहनकुमार अग्रवाल, कला भनिने सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल र रमेश उप्रेती, कलम कार्की, मणिराज चौलागाईं, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओमप्रकाश नेवार, आरबी भन्ने सन्दीप खड्का फरार छन् । फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो भने घटनामा संलग्नताको आशंकामा केही प्रहरीअधिकारीसहित धैरै जना अनुसन्धानमा तानिएका थिए । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ किलो सुन तस्करीको आरोप खेपिरहेका ४८ जनाले सफाइ पाएका छन् । ७७ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ५६ जना पक्राउ परेका थिए ।

यी हुन सफाई पाउने प्रहरी अधिकारिहरु
सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । फितलो अनुसन्धान र हचुवाको अभियोगले केही वर्षसम्म पुर्पक्षका लागि थुनामा समेत पुगेका प्रहरी अधिकारिहरुले सफाइ पाएको घटनाले समेत हाम्रो अनुन्धान र अभियोजन पद्धतीमाथी प्रश्न उठाएको छ ।

अन्य सफाई पाउनेहरु
विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोदार, भुजुङ गुरूङ, डेबिट भन्ने छिरिङ बाङले घले, गोरेकी श्रीमती निरु भन्ने नर्वदा खरेल उप्रेती, चाचाजी भन्ने चेतनाथ भण्डारी, र प्रमोदबहादुर श्रेष्ठले सफाइ पाए । हरिशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद तामाङ, चन्दन भनिने वीरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समिरप्रसाद तोलाङ्गे, राजु महर्जन, बेनु श्रेष्ठ, सुनिल श्रेष्ठ, रोशन भुलास, रामहरि कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारुले पनि सफाइ पाएका छन् । यस्तै अमरमान ढंगोल, मोतीराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दीराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र मालदाइ भन्ने बालकुमार खड्काले सफाइ पाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6